१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

पद्य सकियो,गद्य सुरु

सन् १९९० मा तत्कालीन सोभियत समर्थित चेकोस्लोभाकियाको ४२ वर्षीय लामो कम्युनिस्टशासन ढलेपछि चेकोस्लोभाकियाका तत्कालीन राष्ट्रपति भाक्लाभ हाभेलले भनेका थिए, ‘कविता सकियो, गद्य सुरु भयो।’ चेकोस्लोभाकियामा भेल्भेट क्रान्तिले पुँजीवादीव्यवस्था स्थापना गरेसँगै उनको यो भनाइले कति सार्थकता पायो छुट्टै लेखाजोखाको विषय हो। नेपालमा ०१५ सालमा नेपाली कांग्रेसलाई पहिलो पटक दुईतिहाइ बहुमत प्राप्त भएको थियो। तर कांग्रेसले गद्यको रूपरेखातयार नगर्दै पहिलो संसदीय सरकारको ‘कु’ भयो। ०१५ सालपछि वामपन्थीहरूलाई पूर्ण बहुमत यसपटक संसद्मा प्राप्त भएको छ। भलै यो बहुमत एउटै पार्टीलाई नभएर वाम गठबन्धनलाई प्राप्त भएको होस्। पुँजीवादी व्यवस्थाभित्र निर्वाचनको माध्यमबाट पहिलो पटक प्राप्त बहुमतलाई कसरी वामगठबन्धन (निकट भविष्यमै पार्टी एकीकरण गरेपछि झनै यो विषयले प्राथमिकता पाउने छ) ले गद्यको रूप लिन्छ लिन्न, यो जनमतको कदर त्यसैमा निर्भर रहनेछ।

यस्तै प्रकृतिको टिप्पणी भारतका जानेमानेका पत्रकार एम.जे. अकबरले पनि गरेका छन्। सन् २०११ मा पश्चिमबंगालमा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)को नेतृत्व रहेको वाम फ्रन्टलाई ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेससहितको गठबन्धनले विधानसभामापराजित गरेको थियो। पश्चिमबंगालमा लगातार ३४ वर्ष शासन गरेको भाकपा (माक्र्सवादी) को शासन ढल्यो । त्यतिखेर अकबरले टिप्पणी गर्दै लेखेका थिए, ‘ममताको चुनौती सकियो समस्या सुरु भयो।’ ममताले वामपन्थीलाई हराएर चुनौती त पार गरिन् तर प. बंगालको समस्याको डंगुर पार लागेको होइन। भर्खरै सम्पन्न भारतको त्रिपुरा राज्यको विधानसभा निर्वाचनमा भाकपा माक्र्सवादीको पराजयभएको छ, त्यहाँ पनि २५ वर्ष लामो कम्युनिस्ट शासनको अन्त्यभएको छ। भारतीय जनता पार्टीले त्यहाँ पनि चुनौती पार गरेको छ तर, उसको अगाडि समस्याको चाङ थुप्रिएको छ।

यी दुई टिप्पणी नेपालको राष्ट्रिय राजनीतिमा पनि प्रासंगिक छन् । लामो समयदेखि नेपालका वामपन्थी विभाजित भएकोले गैरवामपन्थी कित्ताले शासन गर्ने सुनौलो मौका निर्वाचनबाट पाउँदै आएका थिए। तर, यसपटक दुई ठूला पार्टी नेकपा एमाले तथा माओवादी केन्द्रले गठबन्धन गर्दै निर्वाचनबाट बहुमतप्राप्त गरेका छन्। तर कुरोको पोयो यतिले मात्र फुक्दैन। उनीहरूले चुनौती पार गरे समस्या सुरु भएको छ। कविता सकियो,गद्य सुरु भएको छ। पहिलो पटक चुनौती पार गर्दै पाएको भारी जनमतको आशाभरोसायुक्त मागमुद्दाको यथार्थ निष्कर्ष आपूर्ति भएन भने त्यसको परिणति कस्तो हुन्छ भन्नोन माथिका उदाहरण पर्याप्त छन्। 

नब्बेको दशकमा विश्व कम्युनिस्ट आन्दोलनमा आएको विचलन, पतनको रूपरेखाको कारक अझै खुट्टिसकेको छैन। भीषण क्रान्तिद्वारा स्थापित कम्युनिस्ट शासनको अन्त्य कुनै ठूलो धक्का बेगरै ढल्यो भने निर्वाचनबाट स्थापित सत्ता त आवधिक निर्वाचनबाटै ढल्न आइतबार लाग्दैन।

गठबन्धनको पद्य
दुई ठूला पार्टीको वाम गठबन्धनले निर्वाचन घोषणामार्फत तीनवटा विषयलाईपद्यमा ढालेका थिए। मोटो रूपमा ती तीन विषय भनेका स्थिर सरकार, विकास र समृद्धि हुन्। यी तीन शब्दावलीमा अन्तर्निहित विषयको खाका भने बाहिर आइसकेको छैन। स्थिर सरकारका लागि बलियो आधार निर्वाचनबाट प्राप्त भइसकेको छ। संघमा मात्र हैन, प्रदेशमा समेत सजिलो स्थिर सरकार दिने गणित २ नं प्रदेश बाहेक वाम गठबन्धनलाई प्राप्त छ। विकास र समृद्धि दुई पदावलीको विषयलाई संस्थागत गर्न वा यी प्राप्तिका आधार भने अनुपस्थित छन्।

नेपालको अर्थ–राजनीतिको सोझो हिसाब परम्परागत पाठ्यक्रममा प्राप्त छैन। विकासको नमुना र समृद्धिको रूपरेखा तीन तह स्थानीय, प्रदेश र संघको राज्यशक्तिको बाँडफाँटसँग प्रत्यक्षसम्बन्ध राख्छ। अधिकारका एकल, साझा र संयुक्त सूचीहरूको आधारमा विकासको नमुना बनाउनु पहिलो काम हो। तीनतह स्थानीय, प्रदेश र संघमा ओभरल्याप भएका अधिकारहरूलाई मिलाइएन भने विकासका योजनाबन्न सक्तैन। अवशिष्ट अधिकार केन्द्रमा राखेरमात्र समस्याको समाधानपनिहुन्न। 

एकात्मक राज्य संरचनाबाट एक्कासि संघीय संरचनामागएको मुलुकको व्यवस्थापन सहजविषयहोइन। संघीय संरचनाले दिने विकास र समृद्धिको खाकाअलग हुन्छ। राज्यशक्तिको बाँडफाँडसँगै स्रोतको परिचालन र अधिकारकाआधारमामात्रविकासको नमुनानिर्माण गर्न सकिन्छ र त्यसले ल्याउने समृद्धिको लक्ष्य संकेत होला।

निर्वाचनपूर्व र निर्वाचनपछि राजनैतिकप्रतिनिधिहरूबीचभएको प्रतिस्पर्धा स्वस्थ्यकर देखिएन ।निर्वाचनमा टिकट पाउनगरिएको लबिङदेखि गाउँ, नगर, प्रदेश र संघमा नेतृत्वगर्नदेखाएको होडबाजी हेर्दा विकास र समृद्धिको नेतृत्वगर्ने नेताहरूको छविपत्याउनगाह्रो छ ।महँगो निर्वाचन पद्धतिले ल्याएको विकृतिकै कारण अस्वस्थ्य प्रतिस्पर्धा बढेको हो। लोकतान्त्रिक संस्कार, विवेकको अभावमाविकास र समृद्धिको योजनाबद्ध कार्यक्रम आउँछ भन्नु कल्पनामात्र हुन्छ।

स्थानीय सरकारको गठन भएको वर्षदिनलाग्नअब धेरै समय छैन। तर पहिलो चरणमा निर्वाचन सम्पन्नभई गठित स्थानीय सरकारको कुनै उल्लेख्य भूमिकाचर्चा गर्न लायककहीँकतैबाट आएको छैन । यस्तो हुनुमाथुप्रै कारण छन्पहिलो त नेपालमापहिलो पटक स्थानीय सरकारको अभ्यास भइरहेको छ। ऐन, कानुन, कर्मचारीतन्त्रअर्थात् राजनैतिकप्रशासनिकअभ्यासकै दौरानमाछ। राज्यशक्तिको बाँडफाँड गर्दागरिएको अधिकारको सूचीको अन्योल हटाउन कानुनपर्याप्त छैन। तीनै तहको सरकारको एकल, सामूहिक, र विवादरहित योजनातथाकार्यक्रमको कार्यान्वयनले विकासको ढोकाखोल्ने र समृद्धिको संकेत गर्ने हुन्छ। तर यस्तो परिदृश्यकुनै आँखीझ्यालबाट अहिलेसम्मआएको छैन।

उल्टो यात्रा
संविधानसभाले संघहरूनिर्माण गर्ने, प्रदेशले आफ्नो आवश्यकताअनुसार स्थानीयतह गठन गरेको भएएकहदसम्म स्थानीयराजनैतिकप्रशासनिकएकाइहरूको बाँडफाँड प्राकृतिकहुन्थ्यो। प्रदेशलाईयतिखेर अधिकारकाअमूर्त सूची र सरकार बनाउने र झन्डा हल्लाउने अधिकारमात्रप्राप्त छ। 

प्रदेशकामुख्यमन्त्रीहरूप्रदेशको राजनैतिकव्यापार नपाएर हिँउदे मौसममालाग्ने स्थानीय मेलामहोत्सवको उद्घाटन गर्दै हिँड्ने पदेन प्रमुखअथितिको भूमिकामा समय व्यतीतगर्न विवश छन् ।प्रदेशस्थानीयतह र केन्द्रबीचको सहजकर्ता जस्तो छ। भन्नैपर्ने हुन्छ प्रदेशको आफ्नो भन्ने नै केही छैन। एकाधबाहेक प्रायःप्रदेशले प्रदेशकोनामकरणसम्म गर्नसक्ने स्थितिमा छैन ।प्रदेशभित्रको स्थानीयतहको भूगोल, सीमाङ्कन र नामाङ्कन (अंकमा)पहिलेनै केन्द्रबाट निश्चितभइसकेको छ। प्रदेशलाईनिश्चितअधिकार सम्पन्ननबनाउने हो भने यसले विकासको आधार खडा गर्न सक्तैन, जसले समृद्धिको ढोकाखोल्दैन। र, यो केद्र र स्थानीयतहबीचको टापु सरकार जस्तो हुनेछ।

रहलपहल
केन्द्रीय सरकारले पूर्णतापाइसकेको छैन। गठबन्धनको यो अलमलले जनताको उत्साह सेलाउँदै गएको छ। यति बेलासम्मविकास र समृद्धिको हकमासरकारको साझान्यूनतमकार्यक्रमआउनुपथ्र्यो । भारतमै पनिवाम गठबन्धन निर्माण गर्दा जनजीविका, औद्योगिकीकरण, वैदेशिकलगानीलगायतकाविषयमा साझान्यूनतम सहमतिभएकाथिए। तीनै विषयकार्यान्वयनहुँदासम्मपश्चिमबंगाल, त्रिपुरा, केरलामावाम सरकार अविछिन्न रह्यो। तर जब पश्चिमबंगालको माक्र्सवादी सरकारले यीनीति छोडेर पछिल्लो पटक एकाधिकार पुँजी र वैदेशिकलगानीमाउदार बन्यो वाम सरकार पराजयको सिकार भयो।

भारतीयपत्रकार एम जे अकबरले भनेझँैवाम गठबन्धन सरकारको चुनौतीसकिएको छ। समस्याको पहाड थुप्रिएको छ। चेक राष्ट्रपति भाक्लाभहाभेलले भनेझैँपद्य सिद्धिएर गद्य सुरु भएको छ। निर्वाचनका समयमाअनुप्रास मिलेका छन्दोबद्ध पद्यवाचनगर्नु त सहजै हुन्छ। तर ती छन्दले ओकलेका अर्थलाईगद्यमारूपान्तरण गर्नु भने जस्तो सहज छैन। आमजनसमुदायलाई हरेक कुरासँग सरोकार पनिहुँदैन। होचीमिन्हले भनेझैँ जनताले सधँै रातो किताबबुझ्न सक्दैनन् जरुरी पनिहुँदैन। वाम गठबन्धनलाईजनताले स्थिर सरकार, विकास र समृद्धिकालागिमतदान गरेकाहुन्। यतातर्फ गाडा गुडेन भने उनीहरूअर्कोतर्फ गाडा गुडाउन बाध्यहुनेछन्। यो ऐतिहासिकतथ्यले पुष्टिगर्दै आएको पनि छ। यस सन्दर्भमा अनेकौँउदाहरण दिन सकिन्छ।

प्रकाशित: ११ चैत्र २०७४ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App