१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

भारतको चन्द्रमा अवतरण र रुसको गिरावट

समयसारिणीअनुसार भारतको चन्द्रयान–३ बुधबार चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ। यसअघि अत्यन्त कम जानकारी रहेको यो क्षेत्रका बारेमा यो चन्द्र मिसनमार्फत जानकारी प्राप्त हुनेछ।

चन्द्रमाका अँध्यारो क्षेत्र मानिने यो क्षेत्र अन्तरग्रह यात्राको सपना देख्नेका लािग समेत आशाको क्षेत्र हो। यो क्षेत्रमा यथेष्ट पानी रहेको र यसलाई भविष्यमा रकेट फ्युउलका रूपमा प्रयोग गरेका अन्तर्ग्रह यात्राको स्थायी आधार शिविर बनाउन सकिने उनीहरूको विश्वास छ। विशेषगरी मंगल ग्रह जानका लागि चन्द्रमा रुट हुन सक्ने वैज्ञानिक आकलन छ। चन्द्रमाको यो क्षेत्रमा यथेष्ट खनिज पदार्थ रहेका र यिनको प्रयोग पृथ्वीमा गर्न सकिने कतिपयको तर्क छ। उनीहरूका लागि इन्डियन रोभरको सफलता २१औँ शताब्दीको स्वर्ण दौड (गोल्ड–रस) हुन सक्नेछ।

भारतको अन्तरिक्ष कार्यक्रमको सफलताले भूराजनीतिमा समेत सांकेतिक अर्थ राख्छ। चन्द्रमाको त्यही क्षेत्रमा अवतरणको क्रममा केही दिनअघि रुसी यान दुर्घटनाग्रस्त भएको थियो। यही पृष्ठभूमिमा भारतीय सफलताले झन महत्व राखेको छ।

समयसारिणीअनुसार भारतको चन्द्रयान–३ बुधबार चन्द्रमाको दक्षिणी धु्रवमा सफलतापूर्वक अवतरण गरेको छ। यसअघि अत्यन्त कम जानकारी रहेको यो क्षेत्रका बारेमा यो चन्द्र मिसनमार्फत जानकारी प्राप्त हुनेछ।

विगतमा अन्तरिक्ष सफलतामार्फत विश्वव्यापी प्रभाव कायम गरेको रुसका लागि यो ठूलो झट्का हो। पूर्वसोभियत संघको महत्वपूर्ण हिस्साका रूपमा वर्तमान रुसले भूउपग्रहमार्फत चन्द्रमाको कक्षमा पहिलोपटक परिक्रमा गरेको थियो भने चन्द्रमाको सतहमा सफलतापूर्वक स्पेसक्र्याफट अवतरण गराउने पहिलो राष्ट्र रुस बनेको थियो।

सन् १९६६ को फेब्रुअरीमा अन्तरिक्ष यान लुना–९ धुलाम्य चन्द्र सतहमा अवतरण गरेको थियो। त्यसको ३ वर्षपछि मात्र अमेरिकाका २ अन्तरिक्षयात्रीले पहिलोपटक चन्द्रमाको सतह टेकेर सकुशल पृथ्वी फर्केका थिए। यसरी चन्द्रमाको दौडमा रुस भन्दा अमेरिका अगाडि रहन पुगेको थियो।

सन् १९६६ धेरैअघिको कालखण्ड हो। त्यही वर्ष हेलेट प्याकर्डले विश्वमा पहिलो कम्युटर बनाएका थिए। यही वर्षमा पेय पदार्थ फ्रेस्का र लोकप्रिय गेम टिस्टर सार्वजनिक भएको थियो भने सोही कालखण्डमा फ्रेन्क सिनाट्राले ‘स्ट्रेन्जर इन द नाइट’ र डबी डबी डु जस्ता लोकप्रिय गीत सार्वजनिक भएका थिए।

अहिले विश्व परिस्थिति र भूराजनीति बदलिएको छ। अहिलेको रुसले आफ्नो पुरानो अन्तरिक्ष सफलताको पुनरावृत्ति गर्न चाहेको छ तर सकेको छैन। गत साता भएको लुना–२५ को असफलताले कुनैबेला अत्यधिक वैज्ञानिक क्षमता राख्ने राष्ट्र रुसको बारेमा धेरै कुरा इंगित गर्दछ।

यस सन्दर्भमा भारतसँगको रुसी तुलना पनि चाखलाग्दो छ। सन् १९८९ मा बर्लिनको पर्खाल भत्कँदा भारतको अर्थतन्त्र रुसको भन्दा आधाआधी मात्र थियो। अहिले भारतको अर्थतन्त्र रुसको भन्दा ५० प्रतिशत बढी छ। रुसले अमेरिकासँगको प्रतिस्पर्धा त कहाँ हो कहाँ, भारतसँग समेत प्रतिस्पर्धा गर्न सक्ने स्थिति छैन। त्यसो त, वर्तमान विश्व व्यवस्थाको डिजाइन हुँदा रुस बलियो खम्बाका रूपमा थियो। तर यो खम्बाको निरन्तर अवसानले चीनको उदय भएको छ। तर आफ्नै अव्यवस्थाका कारण अहिले चीनको अर्थतन्त्र संकटमा छ। कमजोर हिसाबले सत्ता सञ्चालन भैरहेका देश खतरनाक हुन्छन्। यसको उदाहरण युक्रेन युद्धमा अहिले रुसले बेहोरिरहेको हालतलाई लिन सकिन्छ। यस्ता देश ठूला र शक्तिशाली हुँदा यसको प्रभाव विश्वभर हुने गर्दछ।

अहिले विश्व परिस्थिति र भूराजनीति बदलिएको छ। अहिलेको रुसले आफ्नो पुरानो अन्तरिक्ष सफलताको पुनरावृत्ति गर्न चाहेको छ तर सकेको छैन।

विश्वशक्तिबाट रुसको पलायन र चीनको उदयले नयाँ परिस्थिति सिर्जना गरेको छ। यो अवस्थामा विश्व व्यवस्थामा स्थिरता र प्रतिस्पर्धाका लागि विश्वका देशहरू अमेरिकाप्रति बढी आशावादी देखिएका छन्। युक्रेन युद्धमा भएको दमनका कारण युरोप नाटोमा एकबद्ध बनेको छ। पूर्वी प्रशान्त क्षेत्रमा चीनके एकपछि अर्काे गलत कारबाहीका कारण त्यस क्षेत्रमा अमेरिकी एलायन्स झन् मजबुत बनेको छ। सौभाग्यवस यी चुनौती स्वीकार गर्न अमेरिकासँग यथेष्ट आर्थिक शक्ति विद्यमान छ। विश्वका सबै भन्दा ठूलो रहेको अमेरिकी अर्थतन्त्र निरन्तर बढ्दो क्रममा छ। दोस्रो आर्थिक शक्तिभन्दा अमेरिकाका आर्थिक शक्ति ४० प्रतिशतले बढी छ।

विश्वका कतिपय देश चन्द्रमा पुग्न प्रयास गरिरहेका बेला अमेरिकाले मंगलग्रहमा हेलिकप्टर पठाएको छ। गहन अन्तरिक्षमा टेलिस्कोप जडान गरेको छ।

यसैगरी अमेरिकाले वृहस्पतिको मौसमको आकलन गरिरहेको छ भने सौर्यमण्डल बाहिर आफ्नो यात्रा सुरु गरेको छ।

विश्वशक्तिबाट रुसको पलायन र चीनको उदयले नयाँ परिस्थिति सिर्जना गरेको छ। यो अवस्थामा विश्व व्यवस्थामा स्थिरता र प्रतिस्पर्धाका लागि विश्वका देशहरू अमेरिकाप्रति बढी आशावादी देखिएका छन्।

यो परिप्रेक्ष्यमा अमेरिकी मतदाताले नयाँ माग र अपेक्षा राख्नुपर्छ र नेतृत्वले त्यसलाई पूरा गर्नुपर्छ। निराशा र आरोप/प्रत्यारोपबाट अगाडि बढेमा यो शताब्दी अमेरिकाको हुनेछ। अमेरिकी जनताले अझ बढी स्वतन्त्रता र समृद्धि हासिल गर्न सक्नेछन्। वर्तमान विश्व परिप्रेक्ष्यमा प्रष्टसँग के भन्न सकिन्छ भने अमेरिकाका लागि आकाश मात्र सीमा हो।

 -वासिङ्टन पोस्टबाट 

प्रकाशित: ८ भाद्र २०८० ००:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App