१९ असार २०८१ बुधबार
image/svg+xml
विचार

‘जन्मोत्सवमा रक्तदान अभियान’को सान्दर्भिकता

विचार

फाइल तस्वीर

स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा गराउन सन् २००४ जुन १४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको छ। विश्व स्वास्थ्य संगठनले सन् २०२३ जुन १४ को यस वर्षका लागि ‘रगत तथा प्लाज्मा नियमित दान गरौं, जीवन बचाउने कार्यमा ऐक्यबद्ध होऔं’ भन्ने नारा तय गरेको छ। हरेक वर्ष कुनै न कुनै देशको प्रमुख आयोजनामा मनाइने यो दिवस यसपटक अल्जेरियामा भव्य रूपमा मनाइँदैछ। दक्षिण अफ्रिकी राष्ट्र जोहन्सबर्गमा पहिलोपटक आयोजना गरिएको यो दिवसले बीसौं वसन्त पार गर्दैछ।

डा. कार्ल ल्याण्डस्टिनरको जन्म दिन जुन १४ लाई विश्व रक्तदाता दिवस भनी घोषणा गरिएको छ। कारण हाम्रो शरीरको नसानसामा निरन्तर निर्विकल्प प्रवाह भइरहने रगतको समूह पत्ता लगाउने वैज्ञानिकको सम्मानस्वरूप विश्व रक्तदाता दिवस भनी मनाउन थालिएको हो। उनले हाम्रो शरीरमा मुख्यतः चार किसिमका रक्त समूह हुन्छ भनी पत्ता लगाएका थिए। यसमा धनात्मक समूहमा ए पोजिटिभ, बी पोजिटिभ, एबी र ओ पोजिटिभ तथा ऋणात्मक समूहमा ए नेगेटिभ, बी नेगेटिभ, एबी नेगेटिभ र ओ नेगेटिभ रहेको छ। अहिले संसारभर पाँच सयभन्दा बढी रक्त समूह छन् भनी वर्गीकरण गरिएको पनि छ।

स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा गराउन सन् २००४ जुन १४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको छ। विश्व स्वास्थ्य संगठनले सन् २०२३ जुन १४ को यस वर्षका लागि ‘रगत तथा प्लाज्मा नियमित दान गरौं, जीवन बचाउने कार्यमा ऐक्यबद्ध होऔं’ भन्ने नारा तय गरेको छ।

सुरुमा नेपालमा रक्त सञ्चार सेवा क्षेत्रमा एक सय ५७ जनाले रक्तदान गरेका थिए। तत्कालीन अवस्थामा स्वयंसेवी रक्तदाताको संख्या नगण्य मात्रामा थियो। आज यो संख्या तीन लाखभन्दा माथि पुगिसकेको छ।

आव २०३८/३९ सम्म पेशेवर रगत दिने व्यक्तिहरूको विगविगीलाई सोही समयदेखि नै हामी स्वयंसेवी रक्तदाताहरूको विशेष पहलमा आफ्नो शरीरको रगत बेच्ने त्यस्ता पेशेवरहरूलाई पूर्णतः विस्थापित गरेर अहिले स्वयंसेवी रक्तदाताहरूबाट मात्र रक्तदान गर्न, गराउन सफल भएका छौं। तर,विडम्बना नेपाल सरकारले जारी गरेको राष्ट्रिय रक्त सञ्चार सेवाको नीतिले निजी क्षेत्रलाई सहभागी बनाउने सन्दर्भमा स्वयंसेवी रक्तदाताहरूको रगतलाई खुलमखुला बिल बिजक काटी व्यापार गर्न दिइरहेको छ। यसले गर्दा स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरेको रगतमा पनि व्यापार गर र कमाउ भन्ने सन्देश दिएको छ। यसले गर्दा अहिले अनेक विकृति देखिएको छ।

प्रत्येक स्वस्थ युवायुवतीहरूले आफ्नो अठारौं वर्षको जन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौं भन्ने यो आह्वानसहित अवधारणापत्र तयार गरिएको छ। यस अभियानलाई 'Start 18 Stars TeamÚ' नामकरण गरिएको छ। यसमा ‘म रक्तदान गर्नेछु, मैले रक्तदान गर्न सुरू गरें, नियमित रक्तदान सामाजिक दायित्व हो’ भन्ने भावना राखिएको छ। उच्च माध्यमिक विद्यालय पढ्दै गरेका वा सो सरह उमेरका स्वस्थ युवायुवतीलाई रक्तदानप्रति उत्प्रेरणा जगाई आफ्नो अठारौं वर्षको जन्मोत्सव रक्तदान गरी मनाउन प्रोत्साहित गर्नु यो अवधारणाको प्रमुख उद्देश्य हो।

यसरी आफ्नो अठारौं वर्षको जन्मदिन रक्तदान गरी मनाउँदै प्रत्येक तीनतीन महिनाको अन्तरालमा नियमित रक्तदान गर्दै रगत र रक्त-तत्वको आपूर्तिमा सहज बनाउन योगदान पुर्‍याउनु यस अभियानको मुख्य लक्ष्य रहेको छ।

स्थानीय स्तरमा उच्च माध्यमिक विद्यालय र सो सरह उमेर पुगेका युवायुवतीहरूलाई संगठित गर्दै रक्तदान कार्यलाई प्रभाकारी ढंगबाट समाजमा सञ्चालन गर्नु यो अभियानको प्रमुख उद्देश्य रहेको छ। यसले नयाँनयाँ स्वयंसेवी रक्तदाताहरूको संख्यामा वृद्धि हुने क्रम बढ्ने विश्वास लिएको छ। यदि कोही पनि १७ वर्ष पूरा गरी १८ वर्ष पुगेर आफ्नो जन्मदिन रक्तदान गरी मनाउन चाहेमा घरमै गएर परिवारजन आफन्त र साथीभाइहरू बिच रक्तदान गराउने व्यवस्था मिलाइएको छ।

हामी स्वयंसेवी रक्तदाताहरू नै स्वयंसेवी तबरले देशैभर नयाँनयाँ स्वयंसेवी रक्तदाताहरूको संख्यामा वृद्धि गर्न जुटिरहेका छौं। फलस्वरूप रक्त व्यवस्थापनमा सहजता मिलिरहेको छ। यो नै दीर्घकालीन समाधान पनि होइन। सरकारी पक्षले रक्त व्यवस्थापनमा गुरुयोजना नै बनाएर कार्यान्वयन गर्न आवश्यक छ। स्वयंसेवी रक्तदाताहरूको प्रत्यक्ष संलग्नतामा यस क्षेत्रको योजना तर्जुमा गर्न सकेमा भविष्यमा प्रभावकारी सेवा प्रवाह गर्न सक्नेमा दुई मत नहोला।

यो वर्षको रगत र प्लाज्मा नियमित दान गरौँ, जीवन बचाउने काममा ऐक्यबद्ध होऔं भन्ने नारा  नाराबाट सहजै बुझ्न सकिन्छ कि विज्ञानले उपचारका क्रममा रगत मात्र होइन, रगतबाट तयार पारिएका रक्त–तत्वहरूको यथोचित प्रयोग हुन आवश्यक छ भन्ने पुष्टि गर्दछ।

स्थानीय स्तरमा उच्च माध्यमिक विद्यालय र सो सरह उमेर पुगेका युवायुवतीहरूलाई संगठित गर्दै रक्तदान कार्यलाई प्रभाकारी ढंगबाट समाजमा सञ्चालन गर्नु यो अभियानको प्रमुख उद्देश्य रहेको छ।

विगतमा महामारीका रूपमा संसारभर फैलिएको कोभिड–१९ को समयमा कोरोना भाइरस, कोभिड–१९ बाट संक्रमित भएका बिरामीलाई उपचारका क्रममा प्लाज्मा थेरापीद्वारा गरिने उपचारमा अत्यधिक प्लाज्माको माग भएको थियो। यसअन्तर्गत पहिलेझैं साधारण रक्तदाताबाट दान गरिएको रगतबाट तयार पारिने प्लाज्मा होइन, कोभिड–१९ बाट संक्रमित भई स्वास्थ्यलाभ गरिसकेका व्यक्तिहरूबाट रगत दान गराई संकलन गरिएको रगतबाट तयार पारिएको प्लाज्मा मात्र चढाउनुपर्ने हुन्थ्यो।

यसरी समयसापेक्ष आवश्यकता अनुसार चिकित्सकहरूको मागलाई हामी स्वयंसेवी रक्तदाताहरूबाटै व्यवस्थापन गर्दै आइरहेका छौं।

वैज्ञानिकहरूले विज्ञान सम्मत आविष्कार गरिएका प्रविधिहरूले सम्बन्धित रोगका बिरामीको लागि आवश्यक मात्रामा आवश्यकता अनुसार रगतबाट तयार पारिएका रक्त–तत्वहरूको माग हुन थालिसकेको छ। यस वर्षको विश्व रक्तदाता दिवसको नारा पनि उल्लेख छ रगत र प्लाज्मा दान गरौं भन्ने छ।

वैज्ञानिकहरूले विज्ञान सम्मत आविष्कार गरिएका प्रविधिहरूले सम्बन्धित रोगका बिरामीको लागि आवश्यक मात्रामा आवश्यकता अनुसार रगतबाट तयार पारिएका रक्त–तत्वहरूको माग हुन थालिसकेको छ।

रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको प्रशोधन गर्न गराउन जे जति जस्तोसुकै प्रविधिहरूको आविष्कार गरिए पनि स्वयंसेवी रक्तदाताहरूबिना ती सबैको औचित्य पुष्टि गर्न सकिन्न। मानव जीवनको दैनिकीमा कार्य सम्पादन गर्न सहजीकरण लागि धेरैभन्दा धेरै आविष्कारहरू गरिएका छन्। तर,मानव जीवन जीवन्त रहन नभई नहुने रगतको हालसम्म विकल्प निर्माण गर्न सकिएको छैन। यो विज्ञान र वैज्ञानिकहरूलाई नै चुनौतीको विषय बनेको छ।

‘रक्तदान, मानव जीवनमा अतुलनीय अनुकरणीय काम’ को मूल नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाजको बुटवलमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनले पारित गरेको घोषणा अनुसार नै रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरू निःशुल्क वितरण हुनुपर्ने मागलाई प्रदेश सरकार र स्थानीय सरकारले आंशिक रूपमा भए पनि वितरण गर्न शुभारम्भ गरिएको छ।

यसलाई संघीय सरकारले गुणस्तरीय परीक्षणपछि पीडित पक्षलाई  एकरूपताका साथ रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरू निःशुल्क उपलब्ध गर्नुपर्ने ठहर गरिएको छ। साथै स्वयंसेवी रक्तदाताहरूको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी रक्तदान पूर्व हेमोग्लोबिन (एचबी) को मात्रा परीक्षण गरेर मात्र रक्तदान गराउनुपर्ने र स्वयंसेवी रक्तदाता सुरक्षित बनाउन आवश्यक पहल गर्नुपर्ने जरुरी छ।

नेपाल सरकारले स्वयंसेवी रक्तदाताहरूद्वारा दानमा प्रदान गरेको रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूमा गरिएको शुल्क निर्धारणले स्वयंसेवी रक्तदाताहरूको मनोबलमा प्रतिकूल असर पुगेको छ।

रक्त व्यवस्थापनको क्षेत्र यस्तै अस्तव्यस्त बनाइराख्ने र स्वयंसेवी रक्तदाताहरूको रगतमा व्यापार गरिरहने हो भने स्वयंसेवी रक्तदातारूद्वारा भोलिका दिनमा आफैंले ‘च्यारपटी रक्त सञ्चार सेवा केन्द्र’ सञ्चालनमा ल्याउन बाध्य हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न। साथै उपचारका क्रममा चिकित्सकहरूले सही रोगको पहिचान गरी आवश्यक मात्रामा रगत वा रक्त–तत्वहरू कुन आवश्यक हो प्राथमिकताको आधारमा माग हुन सकेमा रक्त व्यवस्थापनमा सहज र सरलता आउनमा मद्दत मिल्न जानेछ।

नेपाल सरकारले स्वयंसेवी रक्तदाताहरूद्वारा दानमा प्रदान गरेको रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूमा गरिएको शुल्क निर्धारणले स्वयंसेवी रक्तदाताहरूको मनोबलमा प्रतिकूल असर पुगेको छ।

स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरिएको रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरू पीडित बिरामीसमक्ष गुणस्तरीय परीक्षणपछि निःशुल्क जबसम्म उपलब्ध एवं वितरण गरिँदैन तबसम्म यो व्यापार नै हुनेछ। आम स्वयंसेवी रक्तदातालाई उत्साहित गराउनुका साथै प्रभावकारी रक्त व्यवस्थापन गर्न सबैले ऐक्यबद्धता जनाउन सकिएमा यस दिवसको सार्थकता हुनेछ।

प्रकाशित: ३१ जेष्ठ २०८० ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App