नेपालको उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसँगका सम्बन्धका आफ्नै मौलिक विशेषता छन्। चीनसँग नेपालको १५०० वर्ष पुरानो निरन्तर सम्बन्ध छ। इ।सं। ६४० मा चीनबाट पहिलो पटक २२ जना विद्वान् केरुङ नाकाबाट काठमाडौं आए। उनीहरुले नेपालका राजा नरेन्द्र देवलाई चिनियाँ सम्राटको उपहार र सन्देश ल्याएका थिए। तिब्बत चीनको अधिनमा राजा स्रोङ्गसेन गम्पोद्वारा प्रशासित थियो र उनलाई चिनियाँ सम्राटले तिब्बतमा शासन गर्ने अख्तियारी प्रदान गरेका थिए। ती विद्वान् लामो समय काठमाडौंमा बसी अध्ययन समाप्त गरी लुम्बिनी गए। लुम्बिनीमा शाक्यमुनीको जन्मस्थान अवलोकन गरी मगध गए। मगधमा उनीहरुलाई एउटा सैनिक तानाशाहले पक्राउ गरी केहीलाई मार्यो र केहीलाई थुनामा राख्यो।
यी यात्री विद्वान्हरुलाई सकुशल घर फर्काइदिने चीनका सम्राटको अनुरोधपत्र लिई चिनियाँ सम्राटका प्रतिनिधि १७०० घोडसवार सेनासहित ल्हासाबाट काठमाडौं आए। राजा नरेन्द्र देवले थप आफ्ना सात हजार घोडसवार सैन्यसहित मगधमा चडाइ गरे। ती यात्रीलाई सकुशल फिर्ता ल्याए र त्यस शासकलाई समेत पक्राउ गरी चीनका सम्राटसमक्ष पठाइदिए। चिनियाँ सरकारले खुसी हुँदै नेपाल सरकारलाई उपहारहरु पठायो। त्यसैबेलादेखि चीन र नेपालबीच अविच्छिन्न पारस्परिक सम्बन्ध रहेको हो। अर्थात नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त लामो हो।
स्रोङ्गसेन गम्पोसँग भृकुटीको विवाह भयो र नेपालका विद्वान्हरुले तिब्बतमा थुप्रै बौद्ध मन्दिर बनाए। तिब्बती भाषाको लिपि निर्माण गरे र ल्हासाको प्रसिद्ध जोकाङ्ग मन्दिरसमेत निर्माण गरे। त्यसपछि तिब्बतमा बौद्ध धर्म र सभ्यता निर्माण भयो। तिब्बतका मानिसले नेपाललाई स्वर्गभूमि तपोभूमिका रूपमा स्वीकार गरे। नेपाल र चीनबीच व्यापार सुरुवात भयो। चिनियाँहरुले नेपालीलाई कागज बनाउन सिकाए र नेपाल दक्षिण एसियामा कागज उत्पादन गर्ने पहिलो देश बन्यो। त्यपछि नेपालबाट कालिगढहरु चीनमा गएर प्यागोडा निर्माण गरे। अरनिकोले १२ औं शताब्दीमा बेइजिङमा 'ह्वाइट प्यागोडाु लगायत अन्य मन्दिर निर्माण गरे। नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक, भावनात्मक र व्यापारिक छ। भारततर्फ नेपालको त्यस्तै सम्बन्ध चीनसँगको भन्दा पछाडिमात्र सुरु भएको हो किनभने भारत एउटा होइन, अनेकौं राज्यमा विभाजित थियो। नेपालको सम्बन्ध मूलतः मगध राज्यसँग सीमित थियो र मगध भारत वर्षका सयौं राज्यमध्ये एक थियो।
पूर्व प्रधान मन्त्री शेरबहादुर देउवाले 'भारत र नेपाल दाजुभाइ हुन्, अरुसँग तुलना हुँदैनु भनी दिल्लीमा भन्नुभयो भनी जुन कुरा आएका छन्, उहाँले त्यसो भनेको हो भने एउटा ठूलो ए्तिहासिक गल्ती त गर्नु नै भयो, उहाँले तथ्य बुझ्नुभएको रहेनछ भन्ने पनि सावित भयो। उहाँको यस भनाइले नेपालको चीनसँगको सम्बन्धमा ठूलो आघात गर्नेछ। उहाँको भनाइ सत्य हो भने चीन र भारतसँगको समान सम्बन्धको क्रम भत्किनेछ। यो नेपालको अगाडि शुभ कुरा हुने छैन। इतिहासका सबै कालखण्डमा नेपालले कुनै एकलाई नजिक र अर्कोलाई टाढा मानेको छैन।
उत्तरी छिमेकी चीनसँगको नेपालको सम्बन्ध र ऊसँगको घनिष्टता आफैंमा अत्यन्त महत्वपूर्ण रणनीतिक छ भन्ने कुरा इतिहासले समेत स्थापित गरेको तथ्य हो। चीनसँगको मनमुटावले नेपालको स्वतन्त्र अस्तित्व र सर्वाभौम हैसियतलाई कमजोर बनाउँछ। सन् १७६५ र १७९२ मा नेपाल र चीनबीच विवाद भए। १७९२ मा चिनियाँ सेना र नेपाली सेनाबीच रसुवाको गढीमा भिडन्त पनि भयो। अन्ततः सम्झौताद्वारा पुरानो सम्बन्ध यथावत् बनाइयो। तर पनि यस घटनाबाट चीनसँगको लामो सम्बन्धमा चिसोपन आयो। दुई देशबीचको सम्पर्क पातलो भयो। सन् १८१४ मा भारतको ब्रिटिस उपनिवेशी शासकले नेपालमा अतिक्रमण गर्यो। नेपालले चीनलाई नचिढ्याएको भए १८१४ मा चीनसँग नेपालले सहयोग माग गर्न सक्ने थियो। तर १७९२ को त्रुटिपूर्ण युद्धले जन्माएको चिसोपनका कारण न नेपालले चीनसँग हतियार माग गर्न सक्यो न त अन्य सहयेागकै अपेक्षा गर्न सक्यो। नेपालले ब्रिटिससँग पराजय भोग्दै, आफ्नो ठूलो भूभाग गुमाउनुपर्यो। नेपाल र चीनको यस चिसिएको सम्बन्धका कारणले पनि उपनिवेशी ब्रिटिस सरकार युद्धका लागि प्रेरित भएको थियो।
नेपाल र चीनबीच एउटा सहयोगपूर्ण अवस्था अहिले छ। चीनले नेपालका आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन। आर्थिक सहयोगमा उदारतापूर्वक अगाडि आएको छ। 'एक पेटी एक सडकु को नीतिअन्तर्गत चीन नेपालमा आपसी लगानीको सम्भावनासहित अनुरोध गरिरहेको छ। केही महत्वपूर्ण सम्झौता भएका छन्। नेपालको भारतबाट एकलौटी हुँदै आएको पारबहनको अवस्था समाप्त भएको छ। चीनको भूमि हुँदै मध्यएसियासँग व्यापार विस्तारको सम्भावना खुलेको छ र चिनियाँ बन्दरगाह प्रयोग गर्न सक्ने सम्भावना पनि खुलेका छन्।
तर केही महिनादेखि नेपाल सरकार चीनसँगको सम्बन्धमा पूर्ण निष्त्रि्कय देखिन्छ। नेपाल सरकारका गतिविधिले चीनसँगको सम्बन्ध भारतसँगको सम्बन्धभन्दा पछिल्लो स्तरको सम्बन्ध हो भन्ने मनोविज्ञान प्रदर्शन गरिरहेका छन्। नेपाल र चीनका सीमा क्षेत्रहरुमा विदेशी घुसपैठका सम्भावना बढेका छन्। तिब्बती भाषामा स्वतन्त्र तिब्बतका नारा अंकित खादाहरु बजारमा बेचबिखन भइरहेका छन् तर सरकार त्यसप्रति ध्यान दिइरहेको छैन। ताइवानका अनेक संस्था नेपालमा सक्रिय छन् त्यसप्रति पनि सरकारले आँखा चिम्लिएको छ। सरकारमा आसिन दलका नेता दलाई लामाको संस्था आधिकारिकरूपमा उपस्थित भएका समारोहमा उपस्थित भइरहेका छन्। यी सबै गतिविधि आधुनिक नेपाल र चीनले अवलम्बन गरेको पारस्परिक सम्बन्धका विपरित छन्। यसरी चीनको नेपालप्रति शंका निर्माण गर्ने कार्य कठिन संक्रमणमा रहेको नेपालको हितविपरित छ। नेपालले भारत र चीनसँगको सम्बन्धलाई समान तहमा राख्न सक्नुपर्छ। परराष्ट्र सम्बन्धका यी कमजोरी देशका प्रधान मन्त्रीका प्रत्यक्षः सरोकारका विषय हुन्। गठवन्धन सरकारका सहभागी दलका अध्यक्षको 'भारत र नेपालु दाजुभाइ हुन् अरुसँग तुलना हुँदैन भन्ने भनाइप्रति प्रधान मन्त्रीको दृष्टिकोण के होरु जनतालाई थाहा पाउने हक छ।
'भारत र नेपाल दाजुभाइु हुन भने दाजु को होरु पहिला जन्मिएको दाजु हुन्छ वा मोटो, ठूलो, अग्लो, धनी भएकाले पछि जन्मिएको दाजु हुन्छरु इसाको ३ सय वर्षपूर्व मगधमा चन्द्र गुप्त मौर्य सम्राट हुँदा मगधका राजा धननन्दलाई सत्ताच्युत गर्ने अन्तिम योजना नेपालका राजाको दरबारमा भएको थियो। भारतीय दूरदर्शनबाट प्रदर्शित ऐतिहासिक धाराबाहिक 'चाणक्यु को ३७ अंकमा धननन्दका प्रतिनिधि नेपालका राजाका दरबारमा आई 'मगधका सत्रुहरुलाई सहयोग नगर्न अनुरोध गरेको देखाइएको छ।ु भारतीय इतिहासकारहरुले पनि स्वीकार गरेको तथ्य हो कि नेपालको प्रमाणित इतिहास २५०० वर्षभन्दा पुरानो छ।
आफ्ना हजुरबुबाको राज्यसत्ता स्थापनामा सहयोग गरेकै कारणले राजा अशोक लुम्बिनी आई 'नेपाल नाम अंकित अशोक स्तम्भ गाडेका थिए।ु त्यसपूर्व पनि नेपालको अस्तित्व जनिएका प्राचीन ग्रन्थ पाइन्छन्। भारतवर्षका थुप्रै राज्यलाई युद्धमा पराजित गरेर इस्ट इन्डिया कम्पनीले 'इन्डियाु अठारौं शताब्दीमा बनायो र सन् १९४७ मा त्यही 'इन्डियाु स्वतन्त्र भयो। नेपाल वा इन्डिया को दाजु हो तरु कि पूर्व प्रम देउवाले नेपाललाई दाजु भनेका हुन्रु दुर्भाग्यवश यस देशका नेता कोही अङ्गीकृत नागरिकलाई राष्ट्रपति बन्न पाउने हैसियत माग गर्छन्। कोही हिन्दी भाषामा बोल्ने जमर्को गर्छन्। कोही नेपाललाई 'भाइु बनाएर प्रस्तुत गर्छन्। नेपाल निरन्तर स्वतन्त्र राष्ट्रका रूपमा इतिहासमा निरन्तर कायम रहेको सातौं देश हो। अनि किन पटकपटक प्रधान मन्त्री बनेका व्यक्तिले कसैलाई खुसी पार्न 'आफ्नो एतिहासिक राष्ट्रु लाई भाइका रूपमा प्रस्तुत गर्नुपर्ने कारण बन्छरु
चीन संसारको एउटा आर्थिक शक्ति हो। चीन राष्ट्रमात्रै धनी होइन, नागरिक पनि सम्पन्न भएको देश हो। चीनलाई अलग गरेर संसारको आधुनिक व्यवस्था कल्पना गर्न सम्भव छैन। चीन पूर्णरूपमा राजनीतिक स्थायित्व र आर्थिक अनुशासन भएको देश पनि हो। चीन एसियाको नेतृत्व गर्न सक्षम भइसकेकामध्येको देश पनि हो। त्यसैले चीनप्रति अनुदार बन्ने प्रयास गर्नु, चीनसँग लगानीका सम्भावना त्यागेर विकासबाट विमुख बन्नु र चीनलाई शंकित बनाउनु भनेको आफ्नै अवसर अपहरण गर्नु हो।
चीनसँगको नेपालको सम्बन्ध खेलाँची गर्ने विषय होइन। एक चीनको नीति घोषित नीति हो, यसलाई विथोल्न खोज्ने कुनै पनि कदम विश्वासघात हो। अतः वर्तमान सरकारले यसबारे तत्काल स्पष्ट पार्नुपर्छ। यो नागरिकहरुको आवाज हो। सरकार र दलहरुले जे गरे पनि चूपचाप बस्नुपर्ने बाध्यता नागरिकलाई छैन। अन्तर्राष्ट्रिय सम्बन्धमा निरन्तर निष्त्रि्कय बनिरहेको सरकारले यसबारे तत्काल पहल गरोस्।
प्रकाशित: २५ कार्तिक २०७३ ०४:४३ बिहीबार