१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

इमान्दार किन चूप लाग्ने ?

डा. गोविन्द केसी बेलाबेलामा विकृतिविरुद्ध आन्दोलन छेड्छन् । उनी आमरण अनशनमा बस्दा सिंगै समाज आन्दोलनमय हुन्छ । उनी अनशनमार्फत एकखालको तरंग ल्याउँछन् विकृति र विसंगतिविरुद्ध । उनी एक्लोको अनशन नै कहिलेकाहीँ सिंगो राजनीतिक पार्टी वा सिंगो पेशाकर्मीहरुले चलाउने आन्दोलनभन्दा पनि शक्तिशाली हुने भएकाले केसीको अनशनलाई आन्दोलनको संज्ञा दिनु उपयुक्त हुन्छ । उनी त्यतिबेला मुख खोल्छन् जतिबेला गुपचूप रहनु पनि अति भइसक्छ । 

डा. केसी अहिले पनि यस्तो बेला आन्दोलनमा होमिएका छन् जतिखेर दर्जनौं डाक्टरमाथि प्रमाणपत्रमा बेइमानी गरेको गम्भीर आरोप लागेको छ । बिएस्सी, एमडी वा एमबिबिएस गरेका कतिपय डाक्टरको प्रवीणता तहको प्रमाणपत्र नक्कली भएको आरोपमा उनीहरु पक्राउ परेका छन् । नक्कली प्रमाणपत्रको जगमा बिएस्सी, एमबिबिएस र एमडी जस्ता डिग्रीधारी डाक्टरहरु पक्राउ पर्दा बालुवाको कच्चा जगमा बनेका भव्यभव्य भवन भूकम्पमा डङग्रङ...द्रद्रद्रद्र डङग्रङ...द्रद्रद्र ढलेको अनुभूति हुन्छ । भलै केसीलाई कसैले सन्काहा भन्लान् वा उनको मानसिक उपचारको आग्रह गर्लान् तर केसी छन्, त्यसैले त उनलाई सुन्न ती पनि बाध्य छन् ।

अहिले पनि धेरै सुनिन्छ र मिडियामा चर्चा पनि हुने गर्छ, अप्रेसन गर्दा पेटभित्रै चिकित्सकले कैंची वा काँटा बिर्सिएको । कतिपयले उल्टो औषधि लेख्ने वा टाउको दुख्दा पेटको अप्रेसन गर्ने हरकतहरु उत्पट्याङ खबरका रूपमा सुन्नमा आउ“छन् । अचम्म लाग्छ– त्यस्तो कार्य कसरी सम्भव होला भनेर । यी सबै शंकाको जवाफ नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको क्वार्क अप्रेसनले एकैचोटि दिएको छ । जसको जगै गतिलो छैन उसले यस्तै उत्पट्याङ समाचार बन्नुको विकल्प नै के हुन्छ ?

यथार्थमा यो एउटा प्रश्न हो । यस विषयमा तर्कोचित जवाफ दिने अदालतको निर्णय आउन बा“की नै छ । प्रार्थना छ, प्रहरीको यो अप्रेसन असफल होस् र ती चिकित्सक पहिलाझैं बिरामीको उपचारमा सामेल हुन सकून् । वास्तवमा नक्कली प्रमाणपत्रको शंकाको अन्तिम निवारण सोही प्रमाणपत्र जारी गर्ने निकायबाहेक अरु कसैले गर्न सक्दैन । तर निर्णय गर्ने अन्तिम अधिकार अदालतको भएकाले उसले दिने निर्णयलाई मान्न करै लाग्छ । आरोप सत्य निस्क्यो भने नक्कली प्रमाणपत्रको अभियोग लागेका ती चिकित्साकर्मीमाथि अलिकति पनि दयाभाव जाग्ने ठाउँ रहने छैन । आरोप त आरोपमात्रै हो । तर्कसंगत निर्णय नभएसम्म कुनै पनि विवादको टुंगो लाग्दैन, त्यसैले नक्कली प्रमाणपत्र बोकेको आरोप लागेका डाक्टरप्रति पूर्वाग्रही बन्नु पनि हतार हुन सक्छ ।

नक्कली प्रमाणपत्रको आरोप मात्रै पनि यति संवेदनशील छ जसलाई विचरा भन्ने ठाउ“ पनि छैन । त्यस्ता व्यक्तिलाई समाउ“दा चिकित्सकहरुको कुनै तप्का कारबाहीको शैलीलाई लिएर विरोधमा उत्रनु झनै रहस्यमय छ । र, त्यस्तो विरोधले अनेकौं प्रश्न निम्त्याएको छ । के अरु पनि धेरै चिकित्सकको हालत यस्तै छ ? नत्र नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई समाउ“दा केको आन्दोलन ? एउटा जमातको मनोविज्ञान छ– त्यस्तालाई समाउ“दा त खुसी हुनुपर्छ, खुसी । किनभने नक्कलीहरुको बिगबिगी जताततै छ जसले सक्कलीलाई ओझेलमा पार्छ र अघि बढ्नै दिँंदैन । तर यतिबेला २ हजारभन्दा बढी डाक्टरको भविष्यसँग सम्बन्धित विषय भएकाले समस्या झनै गम्भीर बन्दै गएको छ । त्योभन्दा बढी गम्भीर कुरा त ती डाक्टरको सेवाले लाखौं नेपालीलाई असर पर्न सक्छ । कुनै पेशावालाले पैसाको लोभमा सानोतिनो बेइमानी गर्नु वा कुनै व्यक्तिलाई गलत सेवा दिनु हाम्रो जस्तो इमानको खडेरी परेको समाजमा पाच्य हुन सक्छ । तर प्रमाणपत्रै नक्कली बोक्न थालेपछि पेशागत इमानको कुरा गर्नुको तुक रहन्न । न त रहन्छ नै नियमनकारी निकायको प्रभावको कुरा ।

कुरा चिकित्सकको मात्रै होइन । इन्जिनियर, पाइलट, वकिल, शिक्षकलगायतका अन्य धेरै पेशाकर्मीको विषयमा समाजमा चर्चा÷परिचर्चा व्याप्त छ । छानविनका लागि प्रमाणपत्र पेश गर्न समय दिँदा दर्जनौँ पाइलटले राजीनामा दिएको घटनासमेत हाम्रो मानसपटलमा ज्य“ुदै छ । खराब मौसममा दर्जनौ व्यक्तिलाई आकाशमा उडाउ“दा प्राविधिक कारणवस हवाईजहाज दुर्घटना भएर ज्यान गुमाउनुको संयोग नक्कली प्रमाणपत्र नहुन पनि सक्छ । प्रमाणपत्रै नक्कली बोक्ने पाइलटले अरु कुनै बहानाबाजी बनाए पनि पचाउन सकिँदैन । तर हाम्रो मुलुकमा यस्ता प्राविधिक पेशावालहरुले समेत नक्कली प्रमाणपत्र बोक्नु सामान्य बन्दै जानुको मतलव हामी कस्तो सुशासनको जगमा रहेछौं भन्ने प्रष्ट छ ।

नक्कलीहरुको बाढी छ मुलुकमा । शिक्षक वा कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनको दायरामा पर्दा राजीनामा दिएका कैयौं उदाहरण नौला छैनन् । तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले त नक्कली प्रमाणपत्रको अचाक्ली थेग्न नसकेर अख्तियारमा छुट्टै महाशाखा नै खडा गरेका थिए । उनले ठूला भ्रष्टाचारका मुद्दाभन्दा अलग्गै अनुसन्धानको परिपाटी मिलाएका थिए । कारण झिना÷मसिना मानिने नक्कली प्रमाणपत्रको मुद्दा छानविनले अख्तियारको प्रमुख काम नै ओझेलमा पर्न लागेको थियो । त्यतिबेलै अनुमान गरिएको थियो– ३५ हजारभन्दा माथिको संख्यामा नक्कली प्रमाणपत्रको छानबिन आवश्यक छ भनेर । र, त्यसले ठूला माछातिरको ध्यान अन्यत्रै मोड्न सक्छ भन्ने उनको निक्र्यौल थियो । वास्तविकता पनि के हो भने ठूला कामलाई ओझेलमा पार्न चाहनेहरुले यो मुद्दालाई चर्काेचर्काे रूपमा उठाउन सक्छन् । त्यसो भन्दैमा यो विषयले ठाउँ नै पाउनुहुन्न भन्ने पनि होइन तर नक्कली प्रमाणपत्रको विषयमा छानविन गर्न एउटा छुट्टै निकाय भने आवश्यक भइसकेको छ । 

अहिले अवस्था यस्तो आइसक्यो कि नक्कली कहा“ छैनन् भनेर खोज्नुपर्ने भएको छ । झुक्याउन सक्ने अरु धेरै ठाउँ होलान् तर न्याय गर्ने वकिलकै लाइसेन्स पनि झुक्याएर लिएको उदाहरण पनि कम रोचक छैनन् । त्यस्ता केही व्यक्तिकै इजाजत खारेज भएका उदाहरणबाट पनि समाजमा नक्कलीहरुको बिगबिगी कुन रूपको छ भनेर आकलन गर्न सकिन्छ । विभिन्न सेवा प्रवाहका क्षेत्रमा नक्कली प्रमाणपत्रको बिगबिगी बढिरहेको अवस्थामा संविधान र कानुनको व्याख्या गर्ने कानुन व्यवसायीहरुको पनि प्रमाणपत्र छानविन गर्नुपर्ने अवस्थाले हामी कुन दुनिया“मा छौँ ? अझ स्पष्ट हुन्छ । अध्ययनले देखाउला, करिब १५ हजारको हाराहारीका वकिलमध्ये कसो नहोलान् एक दुईवटा नक्कली प्रमाणपत्रधारी । 

समाजमा एकखालको प्रवृत्ति छ । पढ्न र मेहनत गर्न नसक्ने तर पगरी गुथ्नैपर्ने, जागिर खानैपर्ने वा पेशा गर्नैपर्ने । परिश्रम गर्न तयार छैन तर समाजमा इज्जत र प्रतिष्ठा सबैलाई चाहिएको छ । यो मानसिकताका कारण समाज एउटा डरलाग्दो अवस्थामा प्रवेश गरिसकेको छ । वकिल, डाक्टर, पत्रकार वा जुनसुकै पेशाका व्यक्ति पनि हुन सक्छन् । पढाउनै नजान्ने व्यक्ति पनि शिक्षक हुनैपर्ने, लेख्नै नसक्ने व्यक्ति पनि पत्रकार हुनैपर्र्ने, वकालतै नगरी वकिल हुनुपर्ने र उपचार गर्न नजान्ने तर डाक्टर हुनैपर्ने महारोगले हामीलाई गा“जिसकेको छ । देखिन्छन् त्यस्ता मानिस यदाकदा । उनीहरुको चुरिफुरी समाजमा हेर्न लायकको हुन्छ । त्यस्ताले सज्जनलाई काम लगाइरहेको अर्काे ताजुबलाग्दो अवस्था पनि देखिन्छ । जसको पेशागत कुनै हैसियत र रेकर्ड समाजमा हँुदैन त्यस्तै व्यक्ति प्रभावशाली पनि देखिन्छन् । पञ्चायतकालमा आफन्तलाई कलाकार वा पत्रकार बनाइदिनू भनेर मन्त्रीले तोक लगाइदिएको चर्चा हाम्रा लागि कर्णप्रिय कहावत छन् तर अहिले त त्योभन्दा पनि गए÷गुज्रेको अवस्थामा हामी पुगेका छौं । किनभने अहिले त झन् जो व्यक्ति इज्जत र मर्यादामा बसेका हुन्छन् त्यस्तालाई कज्याउन शक्तिका भरौटे चुरिफुरीवालाहरु आइपुगिहाल्छन् ।

समाजमा इमान्दारिता, सामान्यपनको खडेरी पर्दै गएको अवस्था छ । जसले पैसा कमायो, गाडी÷घोडा चढ्यो त्यसैको सम्मान र इज्जत बढ्दै गएको छ । चाहे जसरी कमाओस्, जेसुकै गरोस् । को कति सफल भनेर नापिन्छ उसको सम्पत्तिको सानका आधारमा । योगदान, क्षमता र इमान्दारिताको प्रभाव नगन्य भइरहेको छ । नियमनकारी निकाय नियमन गर्नभन्दा पनि त्यस्ता व्यक्तिलाई सफल बनाउन हात धोएर लागेका छन् किनभने त्यस्ता निकायमा इमान्दार व्यक्तिको कुनै प्रभाव छैन । त्यसमाथि पनि ती राजनीतिको सिकार भएका छन् र भ्रष्टहरुको कब्जामा छन् । 

इमान्दारलाई यदाकदा सम्झन पनि पर्व कुर्नुपर्ने अवस्थाले झनै नक्कलीलाई काम गर्न सजिलो वातावरण बन्दै गएको छ । सम्झन पनि या उसको जन्म दिवस या वार्षिकी कुर्नुपर्ने अवस्था छ । तर त्यस्ताको पदचाप पछ्याउन कोही तयार हँुदैनन् । नक्कलीको बिगबिगी बढिरहेको अवस्थामा कानुन व्यवसायीको इज्जत कस्तो हुनुपर्ला भनेर गणेशराज शर्माको एउटा किस्सा सम्झनु आवश्यक छ । केही वर्षअघि कुनै एउटा कार्यक्रममा उनलाई सम्मान गरिएछ । सम्मानित भएपछि शर्मा लुखुरलुखुर घरतिर फर्कन खोज्दा एक नवधनाढ्य कानुन व्यवसायी शर्मालाई लिफ्ट दिन आतुर भएछन् । सायद उनले सोचेका थिए होला यही मौका हो शर्माको नजिक पर्न सक्ने किनभने शर्मा त्यस्ता व्यक्ति थिए जो पेशा छाडेर कहिल्यै पदको पछि लागेनन् र आफ्नो पेशाको मर्यादाबाट कुनै पनि प्रधान न्यायाधीशको भन्दा कम इज्जतमा बा“चेनन्। बारमा बढ्ता राजनीति हुन थालेपछि कुनै पनि कार्यक्रममा समेत उनले भागै लिएनन् । आफूलाई आरामदायी मोटरमा पु¥याइदिन खोज्ने ती नवधनाढ्य वलिकको आग्रहलाई ठाडै अस्वीकार गर्दै शर्माले भनेछन्– तपाईंले मलाई किन लिफ्ट दिनुप¥यो ? मेरा खुट्टा छैनन् घरसम्म पुग्न? शर्माको प्रतिप्रश्नले ती नवधनाढ्य वकिल कालोनिलो भएको त्यो संवादपूर्ण दृष्य साक्षीहरुको मानसपटलमा अहिले पनि ताजै छ। तर अझै पनि इमान्दारहरुको मथिंगलमा शर्मा जस्ताको विचार भने घुस्न सकेको छैन । 

डा. केसीको अनशन पनि एउटा जवाफ हो भ्रष्टहरुका लागि । उनलाई पागल वा सन्काहा भनेर उडाइरह“दा समेत ती भ्रष्टहरु केसीको अनशनबाट आफूलाई मर्म÷मर्ममा प्रहार भएको ठान्छन् । केसी चूप छैनन् किनभने उनीजस्ता मानिस चूप लाग्नु आफैँमा एउटा गलत काम हुन्छ । फ्रान्सेली कवि तथा लेखक भिक्टर हगले एकताका भनेका थिए– जब चूप लागेर बस्नु आफैंमा झुटो हुन सक्छ त्यतिबेला चूप लागेर बस्नसमेत सजिलो छैन ।

प्रकाशित: २२ असार २०७३ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App