२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भारतद्वारा इङल्याण्ड २ सय ४६ रनले पराजित

विशाखापट्नम— बलरहरुले उत्कृष्ट बलिङ गरेपछि भारतले दोस्रो टेस्टमा इङल्याण्डलाई २ सय ४६ रनले पराजित गरेको छ ।

दोस्रो टेस्टको पाँचौ तथा अन्तिम दिन सोमबार ८९—२ बाट खेल सुरु गरेको इङल्याण्ड मात्र १ सय ५८ रनमा अलआउट हुदाँ भारतले २ सय ४६ रनको सानदार जित हात पारेको हो । इङल्याण्डले थप ६९ रन मात्र जोड्दा बाकी  ८ विकेट गुमाएको थियो ।

इङल्याण्डलाई  सस्तोमा समेट्ने क्रममा भारतका जयन्त यादब र रबिचन्द्र आश्विनले समान ३—३  विकेट तथा मोहम्मद सामी र रबिन्द« जाडेजाले समान २—२ विकेट लिएका थिए ।

दोस्रो इनिङमा इङल्याण्डका कप्तान एलिस्टर कुकले सर्वाधिक ५४ रन जोडेका थिए । २ सय २१ बलको सामना गरेका  कुकले ४ चौका प्रहार गरेका थिए । त्यस्तै जोनी ब्रस्टोअले अविजित ३४ रन बनाउएका थिए । ४० बलको सामना गरेका उनले ७ चौका प्रहार गरेका थिए । त्यस्तै जोए रुट र ओपनर हासिब हामिदले  समान २५—२५ रन बनाउनु बाहेक अन्य ब्याट््स्म्यानले उल्लेख्य प्रर्दशन गर्न सकेनन् ।

यसअघि भारतले कप्तान विराट कोहली र चेतेस्वर पुजाराको शतकीय योगदानपछि पहिलो इनिङसमा ४ सय ५५ रन जोडेको थियो । उसको लागि कोहलीले १ सय ६७ रन तथा पुजाराले १ सय १९ रनको योगदान दिएका थिए । यता इङल्याण्ड भने २ सय ५५ रनमा अलआउट भएको थियो । उसलाई सस्तोमा समेट्ने क्रममा भारतका स्पिनर रविचन्द्र आश्विनले सर्वाधिक ५ विकेट लिएका थिए ।

दोस्रो इनिङसमा २ सय ४ रनमा अलआउट भएको भारते इङल्याण्डलाई जितका लागि ४ सय ५ रनको विजयी लक्ष्य दिएको थियो । उसका लागि कप्तान विराट कोहलीले ८१ रनको योगदान दिएका थिए । दोस्रो इनिङसमा इङल्याण्डका तेज गतिका बलर स्टुवार्ड बोर्ड र आदिल रासिदले समान ४—४ विकेट लिएका थिए ।
पहिलो र दोस्रो इनिङस गरी कुल २ स ४८ रन बनाएका भारतका कप्तान कोहली म्यान अफ दि म्याच घोषित भए ।

यस जितसंगै भारतले ५ म्याचको टेस्ट श्रृङखलामा १—० को अग्रता लिएको छ । यस अघि राजकोटमा सम्पन्न पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।
 

प्रकाशित: ६ मंसिर २०७३ ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App