२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

समायोजनका कारण जिल्ला अस्पताल चपेटामा

रसुवा– समायोजनका कारण प्रदेशअन्तर्गत रहेका जिल्ला अस्पतालहरू चपेटामा परेका प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन्। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमध्ये अधिकांशले संघ रोजेका कारण अस्पतालहरू चपेटामा परेका उनको भनाइ थियो।  

मन्त्री दुलालले समायोजनमा परेका स्वास्थ्यकर्मीले एकैचोटी छोडेर जाँदा समस्या सिर्जना हुन थालेको बताए। आइतबार स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको अनुगमन गर्दै उनले प्रदेशले सन्तुलित ढंगले पदस्थापन गरिरहेको बताएका छन्। 

प्रदेशअन्तर्गत रहेका सम्पूर्ण अस्पतालको सुदृढीकरण कार्य सुरु भएकाले यसले राम्रो प्रतिफल आउने आशा गरिएको छ। कार्यालय र अस्पतालमा जनशक्ति र सामग्रीको अभाव भएमा तत्काल जानकारी गराउन उनले आग्रह गरे। 

‘स्वास्थ्य जस्तो संवेदनशील कुरामा समयमै ध्यान दिन सकिएन भने ठूलो विपद् आउन सक्छ’, उनले भने, ‘यसका लागि अस्पतालका मेडिकल सुपरिटेण्डेट र अस्पताल विकास समितिका अध्यक्षले मन्त्रालयमा समस्या राख्ने काम गर्नुपर्छ।’

अस्पतालमा विभिन्न सेवा सुरु गर्नुका साथै अस्पतालमा आवश्यक पर्ने औषधि खरिद गरिएको समितिका अध्यक्ष रामशरण कुइँकेलले बताए। अस्पतालमा देखिएका विभिन्न समस्याको समाधानको लागि विभिन्न योजना बनाएर काम गर्ने उनको भनाइ थियो। 

प्रकाशित: १५ भाद्र २०७६ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App