२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानसँग युद्ध चाहँदैनौं : अमेरिका

वासिङ्टन – वासिङ्टनले इरानसँग युद्ध गर्न नचाहेको अमेरिकाका कार्यवाहक रक्षामन्त्री मार्क इस्परले बताएका छन्। उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) गठबन्धनका सदस्यहरुसँग बोल्दै कार्यवाहक रक्षामन्त्री इस्परले वासिङ्टनले इरानसँग युद्ध नचाहेको तर थप घटना सहन पनि नसक्ने बताए।

अमेरिकी कार्यवाहक रक्षामन्त्री इस्परले छलफलमा सहभागी नेटोसम्बद्ध कूटनीतिज्ञहरुलाई अमेरिकाले इरानसँग युद्ध नचाहेको भए पनि यदि इरानले थप घटना घटायो भने सहन भने नसक्ने बताएका हुन्।

दुईवटा तेल बोक्ने ट्यांकरमाथि ओमानको खाडीमा भएको आक्रमणका लागि इरानलाई दोषी ठह-याउन अमेरिकाले चाहेको भए पनि अवस्थालाई थप तनावग्रस्त भने बनाउन नचाहेको अति नै गोप्य रूपमा गरिएको बैठकमा नेटो राष्ट्रका रक्षामन्त्रीहरुसँग बोल्दै अमेरिकी विदेशमन्त्री इस्परले भने।

‘कार्यवाहक अमेरिकी रक्षामन्त्री इस्परका प्रथम दुई शब्द नै आफूहरु इरानसँग युद्धमा नजाने भन्ने थियो,’ बैठकमा सहभागी एक कूटनीतिज्ञले बताए। ‘इरानको हर्कतलाई अमेरिकाले अब सहन नसक्ने भन्दै इस्परले अब हद भइसकेको र थप कुरा नहोस् भन्ने चाहेको विषयलाई पनि प्रष्टसँग राखे,’ ती कूटनीतिज्ञलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

‘अमेरिकाले स्पष्ट रूपमा आफूहरुले इरानसँग युद्ध नचाहेको विषयलाई महत्वपूर्ण सन्देशका रूपमा सार्वजनिक गरेको छ। इरानसँग बिना कुनै पूर्वर्शत आफूहरु वार्ता गर्न तयार रहेको पनि अमेरिका प्रष्ट रूपमा भनेको छ,’ अमेरिकी रक्षामन्त्री इस्परसँगको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उत्तर एटलान्टिक सन्धि संगठनका महासचिव जेन्स स्टोल्टेनबर्गले बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हवाई हमला गर्ने बताएको एक सातापछि फ्रान्सले युरोपेली रक्षामन्त्रीहरुलाई नेतृत्व गर्दै इस्परसँग छलफल गर्न गएको हो। सम्भावित वासिङ्टन र तेहरानबीचको युद्धलाई शान्त बनाउनका लागि पनि इस्परसँग छलफल गर्न आफूहरु गएको कूटनीतिज्ञहरुले बताएका छन्।

नेटो बैठकमा अमेरिकी कार्यवाहक रक्षामन्त्री इस्परले आफ्नो भनाइ राखिसकेपछि पाँच वटा नेटो सदस्य राष्ट्रले भनाइ राखेका थिए। खाडी क्षेत्रमा कुनै पनि नेटो गठबन्धन सदस्यलाई सहभागी नगराउन फ्रान्सेली रक्षामन्त्री फ्लोरेन्स पार्लीले इस्परसँग बताए। फ्रान्सेली रक्षामन्त्रीलाई नै समर्थन गर्दै जर्मन रक्षामन्त्री  र अन्य युरोपेली गठबन्धन राष्ट्रले पनि नेटो सैनिकलाई खाडी क्षेत्रमा कुनै पनि सैन्य मिसनमा सहभागी नगराउन इस्परसँग आग्रह गरेको बताइएको छ। फ्रान्सले त सन् २०१५ मा इरानसँग गरिएको आणविक सम्झौतालाई सकार्न पनि अमेरिकासँग आग्रह गरेको रोयटर्सले उल्लेख गरेको छ।

‘प्रतिबन्धभन्दा इरानसँग वार्ता नै ठिक हुने’ अमेरिकी कार्यवाहक रक्षामन्त्री इस्परसँग टर्कीले बतायो। जर्मनीसहित अन्य कैयौं रक्षामन्त्रीले वासिङ्टन र तेहरानबीचको विवाद थप बढ्न नदिनका लागि आफूहरु जेसुकै पनि गर्न तयार रहेको पनि बैठकमा बताए।

‘फ्रान्सले एकदमै स्पष्ट र बृहत् रूपमा आफ्नो भनाइ राख्यो,’ बैठकमा सहभागी एक कूटनीतिज्ञले बताए। बैठकमा अमेरिकी कार्यवाहक रक्षामन्त्रीले कोही पनि गुप्तचरलाई सहभागी नगराएको पनि बताइएको छ। फ्रान्सेली रक्षामन्त्रीलाई नै समर्थन गर्दै जर्मन रक्षामन्त्री  र अन्य युरोपेली गठबन्धन राष्ट्रले पनि नेटो सैनिकलाई खाडी क्षेत्रमा कुनै पनि सैन्य मिसनमा सहभागी नगराउन इस्परसँग आग्रह गरेको बताइएको छ।

प्रकाशित: १३ असार २०७६ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App