२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सडक खन्ने क्रममा स्काभेटर पुरिएर चालकको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं ५ पेदाङमा निर्माण भइरहेको सडक खन्ने क्रममा माथिबाट चट्टान खस्दा स्काभेटरसंगै चालक पुरिएर मृत्यु भएको छ। 

मेसिनसहित पुरिएर मृत्यु हुनेमा रामेछापका २४ बर्षीय बीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए। 

सडक जोरपुलदेखि राष्ट्रिय मावि पेदाङतर्फ खनिँदै थियो। पेदाङबाट नजिक रहेको सिरीजङ्घा गाउँपालिकाको केन्द्रसमेत पर्ने तेल्लोका स्थानीय लक्ष्मी भट्टराईका अनुसार पेदाङको मुक्तुरा भिर काट्ने क्रममा पहरा फुटेर चालकसहित स्काभेटर पुरिएको थियो। 

प्रकाशित: २४ चैत्र २०७५ १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App