२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजिप्ट : दुर्घटनापछि यातायात मन्त्रीद्वारा राजीनामा

काएरो - इजिप्टको काएरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमहरूले जनाएका छन्। राजधानी काएरोस्थित रेल स्टेसननजिकै रेल दुर्घटना भएको छ।

रेलको इन्धन ट्याङ्की विस्फोट भई आगलागी हुँदा २० जनाको मृत्यु भएको र केही यात्रु आगोले जलेर घाइते भएका छन्। मृतक सङ्ख्या थप बढ्न सक्ने काएरो रेलमार्गस्थित एक अस्पतालका प्रमुख मोहम्मद सैयदलाई उद्धृत गरी कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ । 

प्रारम्भिक जानकारी अनुसार तीब्र गतिमा रहेको रेल अचानक दुर्घटनाग्रस्त हुँदा इन्धन ट्याङ्कीमा आगलागी पछि विस्फोट भएको थियो।  दुर्घटनामा घाइते करिब ४० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यसैबीच इजिप्टका यातायात मन्त्रीले राजधानीको केन्द्रीय रेल स्टेसननजिकै भएको दुर्घटनालाई लिएर राजीनामा दिएका छन्र। 

“यातायात मन्त्री हिसाम अराफातले रेल दुर्घटनापछि आफ्नो राजीनामा दिनुभएको छ भने प्रधानमन्त्रीले उहाँको राजीनामा स्वीकृत गर्नुभएको छ,” यहाँकाे मन्त्रीपरिषद्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

प्रकाशित: १६ फाल्गुन २०७५ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App