२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जयसुर्यामाथि २ वर्षको प्रतिबन्ध

दुबाई – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार नियम उल्लंघन गरेको भन्दै श्रीलंकाका क्रिकेट हस्ती सनथ जयसुर्यामाथि २ वर्षको प्रतिबन्ध लगाएको छ।

आइसिसीले अनुसन्धानमा सहयोग नगरेको भन्दै जयसुर्यालाई दुई वर्ष कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाएको हो। एकदिवसीय क्रिकेटका सर्वकालीन खेलाडी मध्येका एक ४९ वर्षे जयसुर्याले आइसिसीको कारवाही स्वीकार गर्ने बताएका छन्। उनको प्रतिबन्ध २०२१ सम्म कायम रहनेछ।

प्रकाशित: १५ फाल्गुन २०७५ ००:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App