१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

माघेसंक्रान्ति मेलामा देवघाटमा भक्तजन (फोटो फिचर)

चितवन– मकर स्नानका लागि देवघाटमा भक्तजनको भीड लागेको छ। कालीगण्डकी र त्रिशुली नदीको संगमस्थल देवघाटमा स्नान गर्न नेपालका विभिन्न स्थानसँगै भारतका हिन्दु धर्मालम्बीहरु आउने गर्छन्। तिर्थालु भक्तजन माघे संक्रान्तिको अघिल्लो दिन नै देवघाट आएर पनि बस्ने गर्छन्। बेलुकी भजल, किर्तन गरेर जाग्राम बसेर बिहान देवघाटको संगमस्थलमा स्नान गरेर फर्कन्छन्। 

सोमबारदेखि नै देवघाटमा तिर्थालुहरुको भीड लागेको माघेसंक्रान्ति मेला व्यवस्थापन मूल समितिका सदस्य सचिव धिरन घिमिरे बताउँछन्। अघिल्लो वर्षको भन्दा व्यवस्थापनमा विशेष ध्यान दिएर सुरक्षा अपनाइएको उनले बताए। नदी वारपार गर्न डुङ्गाको व्यवस्था, झोलुङ्गे पुलमा लाईन लागेर पार गर्ने व्यवस्था गरिएको छ । देवघाट धामको चितवन र तनहुँ तर्फको नदि किनारमा भक्तजनको भीड लागेको उनी बताउँछन्। 

‘यस अघिको मेलामा ३६ घण्टाको अवधीमा करीब पाँच लाख भक्तजनको मेलामा आगमन भएको थियो’ सचिव घिमिरेले भने, ‘यस वर्ष पनि उत्तिकै संख्यामा भक्तजनहरु देवघाटमा आउने अनुमान गरेका छौं।’ सोमबार बिहानीपख देवघाटका महेश, हरिहर र गलेश्वर आश्रमका गुरुहरूले संगमस्थलमा लिंगो गाडेर मकर संक्रान्ति विधिवत् रुपमा सुरु गरिएको थियो।

मेलामा लाखौं भक्तजन आउने भएकाले एक महिना अघिदेखी मेला व्यवस्थापनको तयारी गरिएको थियो। दासढुंगा पुल तरेर तनहुँ तिरबाट पनि धेरै भक्तजन आइरहेको उनले बताए। यस्तै, आँपटारी, रामनगर र ठिमुरा हुँदै पनि भक्तजनहरु देवघाट आएका छन्। देवघाटमा स्नान गरे पुण्य मिल्ने हिन्दु धर्मालम्बीको विश्वास रहेको छ। देवघाट आएर स्नान गर्ने, जप गर्ने, हवन गर्ने भक्तजनहरु पनि धेरै छन्। 

मकर संक्रान्तिको समयमा दान गर्ने, पितृ श्राद्ध गर्ने, ब्रतबन्ध गर्ने, लाखबत्ती बाल्न पनि भक्तजनहरु आएका छन्। नारायणगढदेखि सात किलो मिटर दुरीमा रहेको देवघाट पुग्न आँपटारीको रुट प्रयोग गरिन्छ। मेलाको समयमा भक्तजनको आवागमनलाई सजिलो बनाउनका लागि चारपाङ्ग्रे सवारीसाधनलाई नियमित रुट आँपटारीको साटो रामनगर भएर देवघाट जाने रुट निर्धारण गरिएको छ। फर्किदाँ भने सवारीसाधनलाई आँपटारी हुँदै फर्किने व्यवस्था गरिएको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App