३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ठूलीआमालाई जबरजस्ती करणी गर्ने छोरा पक्राउ

पाल्पा - छिमेकी ठूलीअामालार्इ जबरजस्ती करणी गरेको आरोपमा छाेरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा रैनादेविछहरा गाउँपालिका १, सिद्देश्वरका २१ वर्षीय एक युवक रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएकाे छ। मादक पदार्थ सेवन गरी  २८ वर्षीय ठुलीआमा पर्नेलाई जबरजस्ती गरेको आरोपमा उनलार्इ पक्राउ गरिएकाे प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। युवकले महिलालाई धम्की दिएर जबरजस्ती करणी गरेको प्रहरीले बताएकाे छ। आरोपित युवकलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक मोती खड्काले बताए।

 

प्रकाशित: १५ आश्विन २०७५ १४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App