२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘चाचाजी’ ९० वर्षमा प्रवेश

नेपालगन्ज–  प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता ‘चाचाजी’ ९० वर्षमा प्रवेश गरेका छन्। नेपालगन्जमा बुधबार केक काटेर उनको जन्मदिन मनाइएको छ। नेपाल प्रेस युनियन बाँकेको संयोजनमा गरिएको उक्त कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, राजनीतिककर्मी, जनप्रतिनिधी लगायतले जन्मदिनको शुभकामना दिए। आफ्ना संस्थापक अध्यक्ष समेत रहेका गुप्ताको जन्मदिन मनाउन विगत दुई वर्षदेखी युनियन बाँकेले संयोजन गर्दै आएको छ।

गुप्ता निवासमै गरिएको जन्मोत्सव कार्यक्रममा सञ्चारकर्मी, राजनीतिककर्मी, जनप्रतिनिधी लगायतले उनको सु–स्वास्थ्य एवम् दिर्घायुको शुभकामना ब्यक्त गरे। नेपाली कांग्रेसका सभापति किरण कोइराला, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, पूर्वमेयर एवम् चाचाजीका पुत्र विजयकुमार गुप्ता, राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य रामकुमार दिक्षित, पत्रकार महासंघ प्रदेश पाँचका सचिव शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, युनियनका अध्यक्ष जयनारायण शाह लगायतले जन्मदिनको शुभकामना दिए।

प्रेस स्वतन्त्रता सेनानी गुप्ताले लोकतन्त्र प्राप्ती र प्रेस स्वतन्त्रताका लागि पत्रकारिताको माध्यमबाट महत्वपुर्ण योगदान दिएको भन्दै उच्च प्रशंसा गरिएको थियो। पत्रकारिता क्षेत्रको नयाँ पुस्ताले गुप्ताको जीवनशैलीलाई पछ्याउन सक्नुपर्ने उनीहरुको सुझाव छ। गुप्ताले झण्डै ४ दशकअघि देखी नेपालगन्जबाट साप्ताहिक किरण प्रकाशन र सम्पादन गर्दै आएका छन्।  
जन्मोत्सव कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रता सेनानी गुप्ताले पत्रकारिताबाट आफु अलग हुन नसकेको बताए। उनले भने, ‘मेरो जीवन रहँदा सम्म पत्रकारिता पेशालाई छाड्ने छैन, तर शरीरले कहिले काही साथ नदिँदा निरन्तरता दिन समस्या भइरहेको छ।’ 

उनको सम्मानमा प्रेस युनियन बाँकेले ‘प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता कोष’ स्थापना गरिसकेको छ। उक्त पुरस्कार युनियनको आसन्न जिल्ला अधिवेशनमा वितरण गर्ने तयारी भइरहेको युनियन बाँकेका अध्यक्ष शाहले जानकारी दिए। गुप्ताको परिवार र युनियनको संयुक्त पहलमा कोषको रकम ५ लाख पु¥याउने लक्ष्य राखिएको उनले बताए। 

‘सुरुमा प्रत्येक वर्ष २५ हजार बराबरको पुरस्कार वितरण गर्ने सोच छ, दिर्घकालिन समयसम्म पुरस्कार राशी ५० हजार पु-याउने लक्ष्य छ,’ शाहले भने। वरिष्ठ पत्रकार गुप्तालाई युनियनले गत दुई महिना अघि मात्र नेपालगन्जमा रथारोहनसहित नागरिक अभिनन्दन गरेको थियो।

प्रकाशित: २७ भाद्र २०७५ १५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App