२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जनतासँग छलफल गरेर कर निर्धारण गरिने

रसुवा – रसुवाको कालिका गाउँपालिकाले जनतासँग छलफल गरेर कर निर्धारण गर्ने भएको छ। 

कर मनपरी भएको जनताले गुनासो गरेपछि पालिकाले उपाध्यक्षको संयोजकत्वमा ६ सदस्सीय समिति गठन गरेको छ। समितिमा उपाध्यक्षसहित पाँच जना वडाध्यक्ष रहेका छन्। जनमुखी कर निर्धारण गर्नका लागि प्रक्रिया अघि बढाइएको उपाध्यक्ष भवानी प्रसाद न्यौपानेले बताए। 

‘यसअघि पालिकाले निर्धारण गरेको करमा जनगुनासो आएको छ, उपाध्यक्ष न्यौपानेले भने, जनतासँग छलफल गरेर नयाँ कर निर्धारण गर्छौँ।’ पालिकाले सम्पति कर उठाइरहेको छ। व्यक्तिगत घटना दर्ता गर्दा ३५ दिनभित्र आएमा निशुल्क र ३५ दिन कटेपछि आएमा बढीमा ५० रुपयाँ लिइरहेको उनको भनाई छ। 

जिल्लामा रहेको पाँचवटा स्थानीय तहमध्ये अन्य चारवटा स्थानीय तहले उठाएको करको अध्ययन गर्ने, जनतासँग छलफल गर्ने र समितिको बैठक बसेर वैज्ञानिक तरिकाले कर निर्धारण गर्ने पालिकाले जानकारी दिएको छ। 

जनताले तिरेको करको सदपयोग गर्नका लागि निरन्तर समन्वय र सहकार्य गर्ने गरी कार्य भइरहेको छ। कर निर्धारण गर्दा जनाले तिर्नसक्ने खालको बनाउने उद्देश्य राखिएको छ। गाउँपालिकाभित्र विकास निर्माणका कार्यले तिब्रता पाएको छ। 

नागरिकता सिफारिसमा भने सय रुपयाँ लिइरहेको पालिकाले जनाएको छ। जिल्ला मालपोत कार्यालयले निर्धारण गरेको जग्गाको मूल्याङ्कन समेत पालिकाले पुनरावलोकन गर्ने तयारी गरेको छ। पहिरोले क्षति गरेको जग्गा समेत मूल्याङ्कनमा परेको कारण यसको पालिकाले मूल्याङ्कन गर्नु परेको उपाध्यक्ष न्यौपानेले जानकारी दिए। 

प्रकाशित: १२ भाद्र २०७५ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App