२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विदेशी पेय पदार्थको आयात बढ्दो

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहको गोदाममा राखिएका मदिरा र अन्य पेय । तस्विरः रितेश त्रिपाठी

वीरगन्ज- तेस्रो मुलुकबाट मालसमान भित्रिने नेपालको प्रमुख नाका वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भएर बिदेशबाट आउने बिभिन्न खाले पेय पर्दाको आयात बढेको छ। सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७४/०७५ मा त्यहाँ भएर ‘अल्कोहल’ रहित हलुका पेय, बाइन र कच्चा मदिराको आयत बढेको छ।

बिभिन्न खाले क्यान र बोतलमा आउने शीतल पेय, इनर्जी ड्रिकंस लगायत हलुका पेय अघिल्लो बर्षको तुलनामा आर्थिक बर्ष २०७४/०७५ मा ६० प्रतिशतले बढी आयात भएको छ। यसपाली एक करोड ३५ लाख २९ हजार ३ सय ६६ लिटर ‘अल्कोहल’ रहित हलुका पेय आयात भएको छ। अघिल्लो वर्ष यस्तो पेय पदार्थ चौरासी लाख ६१ ह्जार ६ सय ४४ लिटर मात्र आयात भएको थियो।

त्यसतै ‘अल्कोहल’युक्त पेय वाइनको आयात २६ प्रतिशतले वृद्धि भएको छ। यस पटक आठ लाख ४८ हजार २ सय २४ लिटर वाइन बिदेशबाट आयात भएको छ। अघिल्लो वर्ष छ लाख ७३ हजार ७ सय ६७ लिटरवाइन आयात भएको थियो। त्यसतै कच्चा रक्सीको आयात आठ गुणा बृद्धी भएको छ । बिदेशी मदिराभन्दा बिदेशी कच्चा मदिरा भित्र्याएर स्वदेशमा ‘प्केजिङ्ग’ र ‘ब्लैण्डिङ्ग’ (स्वादिकरण) गर्ने चलन नेपालमा बढ्न थालेको देखिन्छ। अघिल्लो बर्ष मात्र २० हजार ३ सय ८६ लिटर आएको कच्चा रक्सीको आयात यसपाली ह्वातै बढेर एक लाख ६७ हजार ९सय २५ लिटर पुगेको छ।

मदिरा घट्यो

विदेशबाट आउने तयारी मदिराको र तयारी वियरको आयात भने अघिल्लो बर्षको तुलनामा घटेको छ। अघिल्लो बर्ष पाँच लाख ४० हजार ४ सय ४८ लिटर विदेशी मदिरा आयात भएको थियो भने यो बर्ष चार लाख ५७ हजार ५ सय २५ लिटर आयात भएको छ। यो बर्ष आयात भएको बिदेशी मदिरा अघिल्लो बर्षको तुलनामा १५.३४ प्रतिशतले घटी हो। त्यस्तै विदेशबाट आउने तयारी वियरको आयात एकदमै न्युन छ। अघिल्लो वर्षको परिमाणको तुलनामा यो वर्ष ५ प्रतिशत पनि वियर आयात भएको छैन। अघिल्लो वर्ष तीन लाख ३१ हजार ५ सय ४३ लिटर आयात भएको वियर आर्थिक वर्ष २०७४/०७५ मा मात्र १६ हजार २ सय २८ लिटर आयात भएको छ।

 

 

 

प्रकाशित: २ भाद्र २०७५ १३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App