२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा दर्जनौं पंक्षी एक्कासी सडकमा मृत भेटिए, अनुसन्धान सुरु

बोस्टन अमेरिकाको बोस्टन सहरमाथि उडीरहेका दर्जनौँ चरा एक्कासी बोस्टनको सडकमा खसेपछि म्यासेचुसेटस्का स्वास्थ्य अधिकारीले यसबारे अनुसन्धान अघि बढाएका छन् ।

कालो रङ लामो पुच्छर भएका ४७ वटा ग्याकल नामका चरा बोस्टन नजिकै डोरचेस्टर इलाकामा बिहीबार आकाशबाट खसेका भेटिएको थियो । तिनीहरुमध्ये केही मृत भेटिएका थिए भने केही बिरामी अवस्थामा भेटिएका थिए ।

बोस्टनको एनिमल रेस्क्यु लिगले आफ्नो छिमेकमा चराहरु एक्कासी बिरामी परेर खसेको बताएपछि र उक्त स्थानमा एउटा बिरालो पनि बिरामी भएको पाइएपछि त्यहाँ गएर घटनाबारे अनुसन्धान अगाडि बढाएको छ ।

मृत भेटिएका चरालाई परीक्षणका लागि टफ्टस विश्वविद्यालयको प्रयोगशालामा पठाइएको छ । रासस/एपी

प्रकाशित: २५ भाद्र २०७३ ०८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App