२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आमा समुहद्वारा भूकम्प प्रतिरोधी भवन निर्माण

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थान कात्तिकेका आमा समुहले भूकम्प प्रतिरोधी भवन निर्माण गरेका छन्।

हलेसी तुवाचुङ नगरपालिका र आमा समूहको सक्रियतामा स्थानीय गोदावरी आमा समुहले दुई कोठे भूकम्प प्रतिरोधी भवन बनाएका हुन्। नगरपालिकाको ११ लाख र स्थानीयको करिब डेढ लाखभन्दा बढिको जनश्रमदानबाट निर्माण गरिएको सुविधा सम्पन्न भवन नगरका मेयर इवन राई र उपमेयर बिमला राईले उद्घाटन गरेका छन्।

भवन अभावमा यसअघि विद्यालयको कक्षाकोठा, खुल्ला चउरमा आफ्नो बैठक, भेला, छलफल, दैनिक कामकाज सञ्चालन गर्दै आएको आमा समूहले भवन निर्माण गरेका हुन्। आफ्नै भवन भएपछि दैनिक कामकाज सञ्चालनमा सहज भएको आमा समूहले जनाएको छ।

नगरपालिकाको सहयोगमा आमा समुहका ३२ जना महिलाले व्यवसायीक तरकारी खेती समेत सुरु गरेका छन्। नगरपालिकाले टनेला, प्राविधिक सहयोग, विउ बिजनसहित १ लाख वरावरको सहयोग गरेपछि तरकारी खेती सुरु गरेका हुन्। 

 

प्रकाशित: ४ श्रावण २०७५ १०:३४ शुक्रबार

आमा समुहद्वारा भूकम्प प्रतिरोधी भवन निर्माण