२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात

हेल्सिन्की- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको शिखर वार्ता सकारात्मक रूपमा शुरु भएको छ। 

फिनल्याण्डको हेल्सिन्कीमा सोमबार शुरु भएको वार्ताले सकारात्मक संकेत गरेको दुवैतर्फका अधिकरीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्। 

शिखर वार्ताका लागि दुवै नेता अहिले हेल्सिन्की आइपुगेका छन् भने संसार भरका सञ्चार माध्यमहरूले प्राथमिकताका साथ शिखर वार्ताको समाचार सम्पे्रेषण गरिरहेका छन्। 

रुसी राष्ट्रपति पुटिन विश्वकप फुटबल प्रतियोगिताको भव्य समापन लगत्तै हेल्सिन्की आएका हुन्। त्यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्प युरोपको उतारचढावपूर्ण भ्रमणपछि पुटिनलाई भेट्न यहाँ आइपुगेकाे हो। वार्ता शुरु हुन अघि राष्ट्रपति ट्रम्पले रुससँग आणविक अस्त्र, नेटो, व्यापार, दुई देशबीचको आपसी कूटनीतिलगायतका विषयमा छलफल गर्ने बताएका थिए।

उनले पत्रकारहरूलाई दिएको संक्षिप्त प्रतिक्रिया अनुसार वार्तामा विविधि मुद्दामा विस्तृत रूपमा छलफल हुने अपेक्षा गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। 

पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो। दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो। 

अमेरिकाको यो कदमको स्वागत गर्दै केही बेलायत र युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए। यो कार्यको अपजस सबै अमेरिकालाई गएको थियो। 

यस भेट वार्ताका क्रममा राष्ट्रपतिद्वय ट्रम्प र पुटिनबीच यस विषयमा पनि कुराकानी हुनसक्ने अनुमान गरिएको छ। तर सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप रहेको भनी लगाइएको आरोपको बारेमा पनि उक्त वार्तामा राष्ट्रपति ट्रम्पले प्रश्न उठाउन सक्ने अनुमान गरिएको छ। 

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा १२ जना रुसी अधिकारीमाथि हस्तक्षेपको अभियोग लगाइएको थियो। त्यसपछि उनीहरूबीच यो पहिलो पटक भेटवार्ता हुन लागेको हो। 

अहिले शुरु भएको वार्ताबाट संभवतः ती विषयमा समाधान निस्कने अपेक्षा गरिएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्। 

प्रकाशित: ३२ असार २०७५ १५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App