२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रसुवाको एक होटलमा आगलागी

रसुवा– रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा छिरिङ छिङ्देलले सञ्चालन गरेको होटलमा आगलागी भएको छ। 

आगलागीबाट होटलमा रहेको फर्निचर, लत्ताकपडा र खाद्यान्न जलेर नष्ट भएको छ । जस्ताले बारेर निर्माण गरेको होटलमा बुधबार बिहान साढे ११ बजे आगलागी भएको हो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक शरत् कुमार थापा क्षेत्रीले बताए। 

२०७१ सालमा औपचारिक रुपमा रसुवागढी नाका सञ्चालनमा आएपछि उनले त्यहाँ होटल सञ्चालन गरेका थिए। 

 

प्रकाशित: १६ जेष्ठ २०७५ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App