लाङटाङको प्रचारलाई साहित्य

बिहिबार, ०३ जेठ २०७५, ०९ : ५३ हिमनाथ देवकोटा

24


रसुवा - पर्यटकीय क्षेत्र लाङटाङको प्रचारप्रसारका लागि ‘लाङटाङ साहित्यिक पदयात्रा’ सञ्चालन गरिएको छ ।
पर्यटकीय क्षेत्र लाङटाङको प्रचार प्रसार गर्नुका साथै तीन वर्षअघि गएको भूकम्पका कारण गएको हिमपहिरोमा पुरिएर मृत्यु भएका व्यक्तिको सम्झना गर्न पदयात्रा सञ्चालन गरिएको हो।

रसुवा स्रष्टा समाजको आयोजनामा वैशाख २७ गते स्याफ्रुवेशीबाट सुरु भएको यात्रा लाङटाङ, क्यान्जिन हुँदै जेठ १ गते स्याफ्रुवेशीमा आएर समापन गरिएको संयोजक तथा साहित्यकार फुर्पा तामाङले बताए ।
ललितकलाका चित्रकारद्वय शशिकुमार डंगोल र भीमसेन पाण्डेले ठाउँठाउँमा ढुंगा र भित्ताहरूमा चित्र कोरेका छन् । साथै होटलहरूको साइनबोर्ड निःशुल्क बनाइएको छ ।

यात्रामा रसुवा, नुवाकोट, धादिङ, ओखलढुङ्गा र काठमाडौंका पत्रकार, साहित्यकार र कलाकार सहभागी भएका थिए । साहित्य यात्रामा ११ जनाको सहभागिता रहेको थियो । २०७२ वैसाख १२ गते गएको भूकम्पमा परेर लाङटाङमा तीन सयभन्दा बढीले ज्यान गुमाएका थिए ।हिमपहिरोले पर्यटकीय क्षेत्रमा बगरमा परिणत गरेको थियो । पहिरोमा परेर लाङटाङका एक सय ७५ जनाको ज्यान गएको थियो । हिमपहिरोका कारण लाङटाङ घुम्न आएका नेपाली तथा विदेशी पर्यटक, गाइड, भरिया र नेपाली सेनाले ज्यान गुमाएका थिए ।

भूकम्प गएपछि लाङटाङबासी काठमाडौको पहेँलो गुम्बामा पुगेका थिए । त्यहाँ केही महिना बसेर गाउँ फर्किएका पीडितले लाङटाङलाई पहिले कै अवस्थामा ल्याएका छन् ।भूकम्पले क्षति गरेको लाङटाङ पदमार्गको मर्मत तथा सुधार, होटल तथा घरको पुनर्निर्माण हुनुका साथै लाङटाङ सुरक्षित भएको सन्देश फैलिएपछि पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटक बढ्दै गएको लाङटाङका सुप्पा लामाले बताए पर्यटकीय क्षेत्र लाङटाङमा एक सय १६ घरधुरी बसोबास गर्छन ।
 

 







यसमा तपाईको मत

अन्य समाचार

Mbps र MBps को भिन्नता

Mbps र MBps को भिन्नता

इन्टरनेट स्पिड र फाइलको साइजको विषयमा Mb र MB को प्रयोग गर्दा प्रविधिको ज्ञान नभएका धेरै व्यक्तिहरु झुक्किने गर्दछन् |

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...