२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्रिकेटका पूर्व कप्तान गल्फ खेलाडी बनेपछि...

नयाँ दल्ली– अक्सर कुनै एक खेलबाट सन्यास लिइसकेपछि खेलाडीहरु  अन्य खेलमा सक्रिय हुने गरेको कमै पाइन्छ। 

एकताका क्रिकेट खेलबाट विश्वमै चर्चा कमाएका भारतीय क्रिकेट टिमका पूर्व कप्तान यतिबेला गल्फ खेल्नमा ब्यस्त छन। क्रिकेट इतिहास अन्तर्गत  टेस्ट खेलमा सर्वाधिक ४०० विकेट र ५००० रन बनाएका कपिल देबले गल्फ खेलबाट पनि भारतका लागि धेरै पटक अन्तर्रास्ट्रिय स्तरमा प्रतिनिधित्व गरिसकेका छन। 

सन १९९४ नोभेम्बरमा क्रिकेटबाट सन्यास लिएका उनले महिना दिनलगत्तै गल्फ खेल्न सुरु गरेका थिए।

पहिलोपटक आफ्ना एक साथीसँग दिल्ली गल्फ गएका कपिल पहिलो दिनबाटै आफूले आफैसँग प्रतिस्पर्धा गर्न थालेको बताउँछन। सानो छँदै क्रिकेट र गल्फ दुवै खेल खेलेका उनले १३ बर्षको उमेरमा भारतका लागि क्रिकेटको ब्याट उठाएका थिए। 

उनी भन्छन्, गल्फ खेलमा सबैभन्दा ठूलो  प्रतिस्पर्धी आफै हुँदोरहेछ, म आफूसग आफै प्रतिस्पर्धा गरिरहेकै छु। पढार्इमा कम्जोरी भएकाले उनी पहिलोपटक होन्मा क्लबमा गल्फ खेल्न गएको सम्झंछन। ५९ बर्षीय कपिल क्रिकेटमा अरुमा भर पर्न परेपनि गल्फ व्यक्ति स्वयममा भर पर्ने बताउँछन। 

उनकै कप्तानीमा सन् १९८३ मा भारतले वेस्ट विन्जडज बिरुद्ध जित निकाल्दै क्रिकेटमा  बिश्व बिजेता बनाएका थिए।

प्रकाशित: १८ चैत्र २०७४ ०९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App