२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पानी बोकेको ट्याङकर त्रिशुलीमा खस्दा चालकको मृत्यु

रसुवा– रसुवाबाट पानी लिनका लागि नुवाकोट जान लागेको ट्याङकर त्रिशुलीमा खस्दा चालकको मृत्यु भएको छ। 

रसुवाको उत्तरगया गाँउपालिका–५ खाल्डेस्थित त्रिशूली नदीमा ट्याङ्कर खस्दा आइतबार नुवाकोट खुमलटारका २५ वर्षका नवराज श्रेष्ठको मृत्यु भएको हो। 

गल्छीदेखि बेत्रावतीसम्म सडक निर्माण भइरहेको स्थानमा पानी लिन नुवाकोटको मनकामना जाने क्रममा बा २ ख ७४१६ नम्बरको ट्याङ्कर त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताए।

 

प्रकाशित: २८ माघ २०७४ ०९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App