२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दबाब सिर्जना गरेर अध्यादेश पास गराइयो : ओली

काठमाडौं- एमाले अध्यक्ष केपी शर्माले ‌ओलीले अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाएको आरोप लगाएका छन्। उनले अध्यादेश संवैधानिक काम भएकाले आफूहरुको केही टिप्पणी नरहेको बताएपनि यो असंवैधानिक तरिकाले पास गराएको बताए।

'अध्यादेश संवैधानिक काम हो। यसमा हाम्रो टिप्पणी केही छैन। तर सिटकै लागि असंवैधानिक तारिकाले राष्ट्रपतिलाई दबाब सर्जना गरेर अध्यादेश पास गराइयो,' नेपाल पर्वतारोहण संघको २७औं वार्षिकोत्सवको अवसरमा ओलीले भने, 'कांग्रेसलाई एक दुई सिट चाहिएकै भए सिधै भन्नसक्थ्यो। त्यो ठूलो कुरा थिएन।'

उनले मिडियाले पनि आज बिहान राष्ट्रपतिसँग भेट गरेपछि अध्यादेश स्वीकृत भएको भनेर हल्ला फिँजाएको बताए। 'राष्ट्रपतिसँग भेटगरेपछि अध्यादेश स्वीकृत भएको भन्ने आरोप लगाइयो। कसले कुन बेला म राष्ट्रपति निवास पुगेको देख्यो थाहा छैन। म अस्पतालबाट सिधै यो कार्यक्रममा आउँदैछु,' उनले भने।

उनले कांग्रेसहरुले पटक पटक आफूलाई बदनाम गराउन खोजेको आरोप लगाए। नाकाबन्दीका बेला पनि छिमेकी सम्बन्ध बिगारेको आरोप लगाएको उनको भनाई थियो। तर भारतसँगको सम्बन्ध पनि अाफ्नै नेतृत्वकै सरकारले प्रगाढ बनाएको ओलीको दाबी थियो।

उनले एमालेलाई जालझेल गरेर जितेको आरोप लगाउनेहरुलाई भने- 'हेर्नुस् एमाले झ्यालबाट हैन, हाइवेबाट कहाँ आइसक्यो।'

प्रकाशित: १४ पुस २०७४ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App