२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्कामा झडपपछि सुरक्षा व्यवस्थामा कडाइ

कोलोम्वो– श्रीलङ्काको दक्षिणी क्षेत्रमा धार्मिक समूहबीच भएका झडपका कारण थप हिंसा हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ। 

प्रधानमन्त्री रनिल विक्रमसिङ्गेले यहाँका प्रहरी प्रमुखलाई प्रभावित दक्षिणी गाल जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको बताइएको थियो। 

श्रीलङ्काली प्रधानमन्त्री विक्रमसिङ्गेको कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गरी गाल जिल्लामा दुई भिन्न सम्प्रदायका समूहबीच भडप भएकोले अब त्यस्तो हुन नदिन कडा निर्देशन दिएको बताइएको हो। 

गत शुक्रबार मात्र पनि सो क्षेत्रमा भएको क्षतिप्रति दुःख व्यक्तगर्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाउन प्रहरीलाई निर्देशन दिएको बताइएको छ। 

सरकार जनताको सुरक्षाप्रति संवेदनशील रहेको बताउदै प्रधानमन्त्रीको कार्यालयले जनताको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएको छ। 

गत शुक्रबा झडप भएको स्थानमा प्रधानमन्त्रीले भ्रमणगरी थप प्रहरी समूहहरू पठाउन निर्देशन दिएको र उक्त स्थितिलाई सामान्य बनाउन सबैको सहयोगको पनि अपेक्षा गरिएको बताइएको छ। 

उक्त झडपमा सम्लग्न भएको आरोपमा यहाँको प्रहरीले केही व्यक्तिलाई पक्राउगरी अनुसन्धान अघि बढाइएको पनि उक्त जिल्लाको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: ८ मंसिर २०७४ ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App