२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'प्रोक्सी' मत खसाल्ने १३ पक्राउ

महोत्तरी- महोत्तरीको विभिन्न मतदान केन्द्रमा प्रोक्सी मत खसाल्न खोज्ने १३ जना मतदातालाई प्रहरीले पक्राउ गरेको छ। अर्काको नाममा मतदान गर्न खोजेकाले जिल्लाको विभन्न मतादन केन्द्रहरुबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी कुवेर कडायतले बताए।

पिपरा , गौशाला नगरपालिका , बलवा , लोहारपट्टि , सम्सी र जलेश्वर नगरपालिका ८ जनता प्रावि रमौलबाट १३ जना नक्कली मतदातालाई पक्राउ गरिएको उनले बताए।

यसका साथै निर्वाचन सुरक्षामा खटिएका प्रहरीले २ वटा चार पांग्रे र २२ वटा मोटरसाईकल र स्कुटर नियन्त्रणमा लिएको एसपी कडायतले बताए।

जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट सवारी पास नै नलिई गैरकानूनीरुपमा सवारी साधन चुनावको समयमा प्रयोग गरेकाले ती सवारीसाधनहरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैबीच सोनमा गाउँपालिका स्थित सिंहासनी मदतान केन्द्रमा स्वतन्त्र उम्मेदवारले मतदान केन्द्र भित्र पसेर भोट मागे पछि विवाद उत्पन्न भएको थियो।

स्वतन्त्र उम्मेदवार राजदेव यादव मत हाल्न मतदान केन्द्रमा लामवद्ध भएका मतदाताहरुसंग आफनो पक्षमा मतदान गर्न आग्रह गरेपछि त्यहाँ उपस्थित अन्य राजनीतिक दलका प्रतिनिधिहरुले विरोध जनाए पछि केहि वेर स्थिति तनावपुर्ण बनेको थियो।

निर्वाचन आंचार संहिता विपरित गएर मतदान केन्द्र भित्रै भोट माग्न थालेपछि अन्य राजनीति कदलका प्रतनिधिहरुले उनलाई धक्का दिएपछि विवाद शुरु भएको थियो ।

मतदान केन्द्रमा खटिएका प्रहरीले स्वतन्त्र उम्मेदवार यादव र अन्य राजनीतिक दलका प्रतिनिधिलाई सम्झाई वुझाई स्थिति नियन्त्रणमा लिई केहि वेर रोकिएको मतदान कार्य फेरि सुचारु गराएका थिए ।

फाटफुट घटना वाहेक जिल्लाको १५ वटै स्थानिय निकायमा शान्तिपुर्णरुपमै चुनाव सम्पन्न भएको एसपी कडायतले बताए । पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी दोस्रो सुरक्षा घेरामा सशस्त्र प्रहरी र तेस्रो सुरक्षा घेरामा नेपाली सेनालाई तैनाथ गरिएको थियो ।

यसका साथै सोमबार दिन भरि नेपाली सेनाको हेलिकप्टबाट पनि सुरक्षा व्यवस्था मिलाइएको थियो ।

 

 

प्रकाशित: २ आश्विन २०७४ १३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App