२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

वेस्ट इन्डिजको सामान्य प्रदर्शन

 लिड्स – वेस्ट इन्डिजले शनिबार इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा सामान्य प्रदर्शन गरेको छ । 

दोस्रो दिनको खेल चलिरहँदा वेस्ट इन्डिज १२८–३ मा खेलिरहेको छ । १९–१ बाट दोस्रो दिनको खेल सुरु गरेको वेस्ट इन्डिज अझै इङ्ल्यान्डभन्दा १ सय ३० रनले पछि छ ।  ओपनर क्रायग ब्राथवेट अविजित ६४ र साई होप अविजित ५१ रनमा खेलिरहेका छन् । 

इङ्ल्यान्डले पहिलो इनिङमा तयार पारेको २ सय ५८ रन पछ्याएको वेस्ट इन्डिजले गतिलो सुरुआत गर्न सकेन । ३५–३ को स्थितिमा भएको वेस्ट इन्डिजको इनिङ ब्राथवेट र होपले चौथो विकेटका लागि ९३ रनको साझेदारी गर्दै उकासेका थिए । 
१ सय ११ बलको सामना गरेका ब्राथवेटले ११ चौका र १ छक्का प्रहार गर्दा र ७९ बल खेलेका होपले ९ चौका प्रहार गरे ।
पहिलो दिन ओपनर काइरेन पावेल(५) लाई एलेस्टर कुकबाट क्याच गराएका इङ्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले थप २ विकेट लिए । देवेन्द्र विश्व (१) लाई विकेटकिपर जोनी बेरस्टोबाट क्याच गराएका एन्डरसनले काइले होप (३) लाई कप्तान जो रुटबाट क्याच गराउँदै पवेलियनको बाटो देखाएपछि वेस्ट इन्डिज दबाबमा परेको थियो ।

यसअघि पहिलो दिन टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्ड पहिलो इनिङमा २ सय ५८ रनमै समेटिएको थियो ।
इङ्ल्यान्डका बेन स्टोक्सले सर्वाधिक १ सय रन र रुटले ५९ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । 

१ सय २४ बल खेलेका स्टोक्सले १७ चौका प्रहार गर्दा ९८ बलको सामना गरेका रुटले ९ चौका प्रहार गरे । 
वेस्ट इन्डिजका तीव्र गतिका बलर किमार रोच र सानोन ग्याब्रियलले समान ४ विकेट लिए । त्यस्तै कप्तान जेसन होल्डर र विश्वले १÷१ विकेट लिए । 

गत साता इड्गवास्टनमा सम्पन्न पहिलो टेस्टमा एक इनिङ र २ सय ९ रनको जित हात पारेको इङ्ल्यान्ड तीन टेस्टको शृंखलामा १–० ले अघि छ । 

१९–१ बाट दोस्रो दिनको खेल सुरु गरेको वेस्ट इन्डिज अझै इङ्ल्यान्डभन्दा १ सय ३० रनले पछि छ ।

प्रकाशित: ११ भाद्र २०७४ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App