२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महोत्तरीको औरहीमा २१ वर्षिय युवती बलात्कृत, घटनालाई लिएर स्थानीय र प्रहरीबीच झडप

बलात्कार घटना संलग्न दोषिलाई कारवाहीको माग गर्दै आक्रोशित स्थानियहरु औरही चौकमा प्रर्दशन गर्दै । तस्बिर: महेशकुमार दास

महोत्तरी- एक समूहले औरही गाउँपालिकामा २१ वर्षिय युवतिलाई बतात्कार गरेको छ।

आईतबार साँझ साढे सात वजेको समयमा चार जनाको संख्यामा रहेको युवाहरुले उनलाई सामुहिक बलात्कार गरेका थिए।

आईतबार साँझ साढे सात बजे तीर युवती औरही चौकमा संचालन आफ्नो पसल बन्द गरेर घर फर्कने क्रममा चोकबाट मात्र एक किलोमिटरको दुरीमा रहेको आँप वगैचा नजिक चार जनाको संख्यामा रहेको युवाको समूहले सामुहिक बलात्कार गरेको हो।

घटना स्थल भएर साँझको समयमा सर्वसाधारणको आवतजावत कम हुने र आँप वगैचा सधैभरि सुनसान रहने गरेको मौका छोपी युवाहरुको समूहले ती युवतीलाई नियन्त्रणमा लिई वलात्कार गरेको औरही २ फुलवरियाका स्थानीय गोपाल खडकाले बताए। युवती साईकल चढी घर फर्कने क्रममा आँप बगैजा नजिक पुगे लगत्तै पहिले देखिनै रुमालले मुख छोपेका युवाहरुले एक्कासी उनी माथि झम्टिदै लछार पछार गरि उनलाई आपँ वगैचा भित्र लगेर सामूहिक वलातकार गरेको स्थानीय खडकाले बताए।

सधै राति आठ वजे सम्म युवती घर पुगि सक्ने भएपनि आईतबार घर आउन ढिलो भएपछि उनको अभिभावकहरुले उनको खोजि गरेका थिए।

पीडितका अभिभाबक र स्थानीयले खोज्दै जाँदा युवती आँप वगैचामा वेहोस अवस्थामा फेला परेकी थिइन्। घटना स्थल नजिकैबाट मुख बाधेर बसेका चार जना युवाहरु स्थानीयको भिड देखेर भाग्न खाजेका थिए। चार जना मध्ये तीन जना भाग्न सफल भएपनि औरही २ कै सुनिल साहलाई स्थानीयले घेरेर नियन्त्रणमा लिएका थिए।

यता पीडितलाई उद्दार गरि उपचार गराउनुको साटो प्रहरीले पक्राउ परेको युवकलाई नै जोगाउन बढी सक्रियता देखाएको भन्दै स्थानीयहरु प्रहरी प्रति आक्रोशित भएका छन्।

घटना भएको चार घण्टा सम्म पनि प्रहरीले पीडितलाई उपचार गराउन नलग्दा पीडितका आफन्तले उनलाई उपचारका लागि वर्दिवास लगेका थिए।

यता बलात्कारको घटना र युवकलाई प्रहरीले जोगाएको भन्दै आक्रोशित स्थानीयहरुले औरही बजार बन्द गरेर प्रहरी विरुद्ध आन्दोलित भएका थिए। स्थानीयहरुले प्रहरी माथि ढुंगा मुढा समेत गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको थियो। । राति एघार वजे देखि १ वजे सम्म प्रहरी र स्थानीय बीच झडप भएको थियो।

अपराधिलाई पक्रन प्रहरीलाई हाई एर्लटमा राखिएको र व्यापकरुपमा सिभिल प्रहरी पनि परिचालन गरेकाले चाँडै नै अपाराधिहरु प्रहरीको नियन्त्रणमा आउने प्रहरीले जनाएको छ।

स्थानीयले प्रहरी नियन्त्रणमा रहेको युवकलाई खुकुरीले काटेर मार्छु भनेपछि उनको ज्यान जोगाउन चौकीमा ल्याएकोमा स्थानीयले अनाहकमा प्रहरी संग निहु खोज्ने काम गरेको प्रहरीको भनाई छ।

 

प्रकाशित: २९ जेष्ठ २०७४ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App