२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फोहरले घर पुरिदाँ १६ को मृत्यु

फोहरको थुप्रोमा पुरिएकाहरुको खोजी कार्य गर्दै श्रीलंकाली सेना । तस्बिर: एएफपी

कोलम्बो– श्रीलंकामा फोहोरको थुप्रोले घरहरु पुरिंदा बालबालिकासहित कम्तीमा १६ को मृत्यु भएको छ। बाढी तथा आगलागीका कारण सर्न पुगेको ९१ मिटर अग्लो फोहोरको थुप्रो शुक्रबार खसेको थियो । फोहोरको थुप्रोको छेउमा रहेका कम्तीमा ४० वटा घर ध्वस्त भएको बिबिसीले जनाएको छ।

फोहोर थुपार्ने उक्त ठाउँको सुरक्षालाई लिएर पटक पटक चिन्ता व्यक्त हुँदै आए पनि श्रीलंकाली सरकारको ध्यान नपुग्दा घटना भएको स्थानीयले बताएका छन्। स्थानीय बासिन्दाले त्यस क्षेत्रबाट फोहोर हटाउनुपर्ने माग गर्दै आएका थिए।

मृतकमध्ये चार बालबालिका ११ देखि १५ वर्ष उमेरको भएको समाचारमा जनाइएको छ ।

फोहोर थुपार्ने उक्त ठाउँको सुरक्षालाई लिएर पटक पटक चिन्ता व्यक्त हुँदै आए पनि श्रीलंकाली सरकारको ध्यान नपुग्दा घटना भएको स्थानीयले बताएका छन् । स्थानीय बासिन्दाले त्यस क्षेत्रबाट फोहोर हटाउनुपर्ने माग गर्दै आएका थिए ।

समाचार संस्था एएफपीका अनुसार सो ठाउँमा दैनिक आठ सय टन फोहोर फालिने गरिएको थियो । फोहोरले पुरिएका घरहरुमा २० भन्दा बढी स्थानीय हुन सक्ने अनुमान गरिएको र उनीहरुको उद्धार कार्यमा सेनाले समन्वय गरिरहेको बताइएको छ । फोहोरको थुप्रोमा आगो लागेपछि धेरै मानिसहरु घरबाट निस्किन नपाएकोले मृतकको संख्या बढ्न सक्ने एकजना अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

गत महिना इथियोपियाको राजधानी अदिस अबाबास्थित एउटा ल्यान्डफिल साइटमा पहिरो जाँदा कम्तीमा एक सय १३ को ज्यान गएको थियो।

प्रकाशित: ३ वैशाख २०७४ ०५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App