२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लकडाउनको समयमा घुम्न जाने ५ जना कर्मचारी नियन्त्रणमा

रसुवा - लकडाउनको समयमा पार्वतीकुण्ड घुम्न गएका पाँच जना कर्मचारीलाई गत्लाङका स्थानीयले नियन्त्रणमा लिएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाका कर्मचारीलाई स्थानीयले बुधबार साँझ ५ बजेतिर नियन्त्रणमा लिएका हुन्। 

गत्लाङका स्थानीय रिसबहादुर तामाङका अनुसार उनीहरू स्याफ्रु, गोल्जुङ हुँदै गत्लाङ गएका हुन्। गोल्जुङ र गत्लाङ बीचमा स्थानीयले काठको मुडा राखेर बाटो बन्द गरेका थिए। त्यो मुडा हटाएर उनीहरू पार्वतीकुण्ड पुगेका थिए। पार्वतीकुण्डमा गएर रक्सी खाएर फर्कने क्रममा नियन्त्रणमा लिएको उनले बताए। सवारी चालकलाई रुघाखोकी लागेको भेटिएको छ।

जिल्ला प्रशासन कार्यालयबाट धुन्चेदेखि बेत्रावतीसम्मको पास लिएको बा २ झ ३८७९ नम्बरको उक्त गाडी बुधबार दिउँसो त्यहाँ गएको थियो। पार्वतीकुण्ड आमाछोदिङ्मो गाउँपालिका–३, गत्लाङमा पर्छ। उक्त गाडी अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको र पासको दुरुपयोग बारे छानबिन गरेर कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

प्रकाशित: १९ चैत्र २०७६ १५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App