२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

फरार दुई जना प्रकाउ

प्रहरीले प्रकाउ गरेका फरार अभियुक्त ।

दुलेगौँडा- धारिलो हतियार प्रहार गरी फरार दुई जनालाई तनहुँ प्रहरीले प्रकाउ गरेको छ। प्रकाउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ बस्ने रवि लामा (जिरे) र शुक्लागण्डकी–१२ का भक्तबहादुर गुरुङ (संगम) रहेका छन्। उनीहरुलाई पोखराको लेकसाईडबाट प्रकाउ गरेको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए। 

होलीको दिन दुलेगौँडाको यूनिक चोकमा शुक्लागण्डकी–४ दुलेगौँडाका सुमित श्रेष्ठलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए। श्रेष्ठको टाउकोमा चोट लागेको छ। उनको पोखरास्थित फेवासिटी हस्पिटलमा उपचाररत छन्। घटनामा संग्लन दुलेगौँडाका सुक्मित राना फरार छन्। उनको खोजी कार्य  जारी रहेको रेग्मीले बताए। सीसी टिभी क्यामेराको सहायताले घटनाको अनुसन्धानमा सहज भएको उनको भनाई छ।
 

प्रकाशित: ७ चैत्र २०७६ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App