२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

डा. सुरेन्द्र केसी भन्छन्, ‘संघियताको बदनाम भयो’

नागरिक समाजको साक्षत्कारमा बोल्दै डा. सुरेन्द्र केसी । तस्बिर : विनोद/नागरिक

दुलेगौँडा(तनहुँ)- राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले संघियता अनुसारको आचरण नहुँदा संघियताको बदनाम भएको जिकिर गरेका छन्। ‘संघियताको कुरा गरियो मात्र आचरण भएन। महँगा किसिमका पदहरु सिर्जना गरियो, अनेक किसिमका खर्च देखिँदा बदनाम भएको छ’, उनले भने, ‘संघियता शक्ति बाँडफाँडको प्रणाली मात्र हो। तर, यहाँ बदनाम भएको कारण यो सिस्टम उपयुक्त ठानिएन।’

तनहुँको दुलेगौँडामा नागरिक समाजले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा.केसीले मधेस आन्दोलनको सुरुवात भएपछि नेपालमा संघिय प्रणालीले प्रवेश पाएको दाबी गरे। ‘माओवादी, कांग्रेस, एमालेसँग एजेन्डा थिएन। २०६३ माघ १ गतेको अन्तरिम संविधान घोषणा भएको भोलिपल्टबाट मधेश आन्दोलन सुरुवात भयो, त्यहाँबाट यो बिषय उठेको हो’, उनले अगाडी भने, ‘संविधानको पहिलो संशोधनबाट संघियताले प्रवेश गर्‍यो।’ कर बढ्नु, पदाधिकारीको संख्या थपिनु, सरकारी कार्यालयको ढिलासुस्ती, सिंहदरबारको अधिकार गाउँमा अझै नआउनु जस्ता कारण जनताले संघियता नरुचाएको उनले जनाए।

बालुवाटार जग्गा प्रकरणमा २०४८ सालदेखि अहिलेसम्मका बहालवाला भूमिसुधार मन्त्रीहरुको संग्लनता रहेको उनको आरोप छ। व्यापारी, राजनीतिज्ञ, कर्मचारीको मिलेमतोमा उक्त जग्गा लुटेको उनी बताउँछन्। एमसीसीबारेको विवाद अनावश्यक रहेको उनको भनाइ छ। उनले अगाडी भने, ‘हाम्रो प्राथमिकता विषय एमसीसी होइन। अमेरिकाले रणनितीक फाईदाको लागि सहयोग गर्न खोजेको हो। नबुझेर विवाद बढी गरिएको छ।’

 

प्रकाशित: ४ माघ २०७६ ०८:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App