२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटनामा ३ को मृत्यु, ७ घाइते

उदयपुर– उदयपुरमा बुधबार राती भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। जिल्लाको ताप्ली गाउँपालिका २ मा बोलेरो र त्रियुगा नगरपालिका ९ मा भएको अटो दुर्घनामा पर्दा एक युवती र दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

ताप्ली २ को धपेनीमा साँझ ६ः०० बजे दुर्घटना हुँदा ताप्ली २ लेकखर्कका २६ वर्षीय मिलन राई र झापा विर्तामोडका ३३ वर्षीय महेन्द्र राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

उनका अनुसार कटारी–माझखर्क सडक खण्डको रामपुर झिल्केबाट कटारीतर्फ आउँदै गरेको मे १ ज २६६२ नं। को बोलेरो घुम्ती सडकमा व्याक गर्ने क्रममा पल्टेर दुर्घटनामा परी ५० मिटर तल खस्दा चालकसहित ४ जना घाईते भएका छन्। 

घाईते हुनेहरुमा ताप्ली ३ लेकखर्ककै २७ वर्षीय बाबु राई र सोही ठाउँकी ४० वर्षीया रसमाया राई गम्भीर घाईते भएका छन्। ताप्ली २ बाछाङका ३२ वर्षीय मोतिलाल राई र चालक ताप्ली १ ओख्लेका २१ वर्षी कोमलराज मगर सामान्य घाईते भएको प्रहरीले जनाएको छ।

गम्भीर घाईते दुवैलाई कटारी अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगर रिफर गरिएको छ भने सामान्य घाईतेको उपचार कटारीमै भईरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। 

यता सदरमुकाम गाईघाटनजिकै बाँसबारीमा भएको अटो दुर्घटनामा परी त्रियुगा ७ चुहाडेकी २० वर्षीया सीमा दनुवारको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन्। गाईघाटदेखि चुहाडेतर्फ जाँदै गरेको स १ ह ३८११ नं। को अटो अनियन्त्रित भई आफै पल्टेर दुर्घटनामा पर्दा गम्भीर घाईते सीमाको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको हो। 

साँझ ६ः०० बजेको दुर्घटनामा गम्भीर घाईते त्रियुगा ७ कै २० वर्षीया मन्दिरा बस्नेतलाई थप उपचारका लागि बिराटनगर रिफर गरिएको छ।

सामान्य घाईते ६० वर्षीय चुहाडेकै गोविन्द कार्की र ३७ वर्षीया मञ्जु दनुवारको जिल्ला अस्पतालमै उपचार भईरहेको छ भने चालक सामान्य घाईते त्रियुगा ४ का २८ वर्षीय होमबहादुर विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको एसपी मगरले बताएका छन्।

प्रकाशित: २४ पुस २०७६ ०६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App