२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पुरुष भलिबलमा पाकिस्तान विजयी

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष भलिबलमा पाकिस्तानले जीत दर्ता गराएको छ।

बिहीबार दिउँसो त्रिपुरेश्वर स्थित कवर्डहलमा भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको हो।

समुह ‘बि’ मा रहेको पाकिस्तानले माल्दिभ्सलाई २५–१६, २५–२३ र २५–१५ पोइन्टमा पराजित गर्यो। समुह ‘बि’ मा पाकिस्तान, माल्दिभ्स र श्रीलंका रहेका छन्। जीतसंगै पाकिस्तान समुहको र्शीष स्थानमा रहेको छ।

भोली शुक्रबार माल्दिभ्स र श्रीलंकाको खेल हुने छन भने पाकिस्तानले आगामी शनिबार श्रीलंकासंग नै प्रतिस्पर्धा गर्ने छ।

समुह ‘ए’ मा भने नेपाल भारत र बंगलादेश रहेका छन्। हिजो भएको खेलमा नेपाललाई बंगलादेशले पराजित गरेको थियो।

आजै अर्को खेल भारत र बंगलादेशबीच हुनेछ। समुहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। 

प्रकाशित: १२ मंसिर २०७६ ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App