२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जीपको ठक्करले एकको मृत्यु, उपप्रमुखसहित दुई घाइते

उदयपुर- मंगलबार विहान जीप दुर्घटनामा पर्दा उदयपुर जिल्ला समन्वय समितिकी उपप्रमुख गंगा राई घाइते भएकी छिन्। उनी सवार स १ झ २६८ नं. को जीपमा ठक्कर दिने मोटरसाईकल यात्रीमध्ये एकको मृत्यु भएको भने अर्का एक गम्भीर घाइते भएका छन्।

महिला हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रमका लागि विराटनगरतर्फ जाँदै गरेकी उपप्रमुख राई सवार जीप पूर्व–पश्चिम लोकमार्ग अन्तरगत कोसी गाउँपालिका ४ स्थित कोसी कटानमा विपरित दिसाबाट तिब्रगतिमा आएको को ३० प ५३०१ नं. को मोटरसाईकलले ठक्कर दिँदा पछाडि सवार पृथ्वीनगर नगरपालिका ४ का २९ वर्षीय दिपेश मुखिया सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते सुनुवारको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी मोटरसाईकल चालक दमक नगरपालिका १० का ३० वर्षीय योगशकुमार धिमाल गम्भीर घाइते भएका छन्। उनको विराट नर्सिहोम विराटनगरमा उपचार भईरहेको प्रहरीलाई उद्धृत गर्दै जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले बताए।

विहान पौने १०ः०० बजे भएको दुर्घटनामा हात र खुट्टामा चोट लागेको उपप्रमुख राईको विराटनगरमा उपचार भएको छ। अत्याधिक तीब्र गतिमा आएको बाईकको ठक्करले जीपको अघिल्लो भाग पूर्णरुपमा क्षति पुगेको राईले बताएकी छिन्। उनका अनुसार नागवेली तवरले तीब्र गतिमा हुईँकिदै आएको भिआर मोटरसाईकलले आप्mनै साईडमा गईरहेको जीपमा जोडले ठक्कर दिँदा मोटरसाईकल टुक्राटुक्रा हुनुका साथै त्यसमा सवार दुवै जना उछिटिएर १५ मिटर टाढा लड्न पुगेका थिए। 

प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०७६ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App