२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लेबनानको हैजा नियन्त्रणका लागि राष्ट्रसंघको सहयोग

फाइल तस्बिर।

राष्ट्रसंघले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। लेबनानमा केही समय यतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसंघको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो।

राष्ट्रसंघय मानवीय सहायतासम्बन्धी एजेन्सीले सो सहयोग उपलब्ध गराएको बिहीबार जनाएको छ। आपतकालीन सहयोग अन्तर्गत सो सहयोग उपलब्ध गराइएको राष्ट्रससंघय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ।

केही हप्तायतादेखि लेबनानमा हैजाको प्रकोप बढ्दै गएको छ। सो प्रकोपको नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाई एवं औषधि उपचारका लागि लेबनानले आर्थिक सहयोगको याचना गरेको थियो।

बिहीबार उपलब्ध गराइएको सो सहयोगबाट लेबनानका कम्तीमा पनि १५ लाख मानिसलाई हैजाको प्रकोपबाट जोगाउने काममा प्रयोग गरिने बताइएको छ। लेबनानमा केही हप्तायता देखिएको हैजाबाट चार सय ९० जना बिरामी देखिएका छन्।

साथै यस प्रकोपबाट यहाँ कम्तीमा पनि १८ जनाको ज्यान गएको बताइएको छ। यहाँ गएको अक्टोबर ६ मा चार जनामा पहिलो पटक हैजाका किटाणु भेटिएका थिए। त्यसयता यहाँ हैजाको संक्रमण फैलिएको हो।

प्रकाशित: २५ कार्तिक २०७९ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App