५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरियामा एकैदिन ६२ हजारभन्दा बढी कोरोना सङ्क्रमित

दक्षिण कोरियामा गएको २४ घन्टा यता ६२ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएको बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

अघिल्लो दिन अर्थात् सोमबार त्यहाँ ६२ हजार दुई सय ७३ जना रहकामा मङ्गलबार ती सङ्क्रमित थपिएका हुन्।

त्यहाँ कोभिड महामारी सुरु भएयता दुई करोड ५९ लाख ८१ हजारजना भन्दा बढी सङक्रमित भेटिएका छन्। त्यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा मङ्गलबार सङ्क्रमित बढेका छन्।अघिल्लो हप्तामा त्यहाँ बढीमा ५४ हजारमा मात्र संक्रमण देखिएको थियो।

त्यहाँ पछिल्लो दिनमा ५९ जनाको यही सङ्क्रमणबाट ज्यान गएको छ। दक्षिण कोरियामा अहिलेसम्म कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २९ हजार चार सयभन्दा बढी रहेको बताइएको छ। 

प्रकाशित: २३ कार्तिक २०७९ ०७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App