३० श्रावण २०७९ सोमबार
अन्तर्राष्ट्रिय

श्रीलङ्काले २५ बर्षे राष्ट्रिय आर्थिक कार्यक्रम बनाउन लागेको राष्ट्रपतिको भनाइ

श्रीलङ्काले आगामी २५ बर्षका लागि राष्ट्रिय आर्थिक कार्यक्रम बनाउन लागेको राष्ट्रपति रनिल विक्रमासिङ्घेले जानकारी गराएका छन्।

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशको सङ्कट समाधानका लागि सहकार्य गर्न र सङ्कटग्रस्त अर्थतन्त्र सुधारका लागि सहकार्य गर्न सबै दलहरूलाई आह्वान गरेका छन्।

उनले सबै पार्टीलाई सरकारमा सहभागी हुन र संयुक्त सरकार बनाउन पनि बुधबार आग्रह गरेका छन्। सबै पार्टी र संयुक्त सरकारले मात्रै मुलुकको सङ्कट समाधान गर्न सक्ने भएकाले सहकार्यका लागि आह्वान गरेको उनको भनाइ छ।

उनले सरकारका नीति तथा कार्यक्रममाथि पनि सबै दलहरूको सुझाव पनि अपेक्षा गरेको बताएका छन्। नवौँ संसदको तेस्रो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहेका बेला उहाँले सबै दलहरूको सहयोगको अपेक्षा गरेका हुन्।

श्रीलङ्कालाई अर्थतन्त्रमा आधुनिकिरण गर्न आवश्यक रहेको बताउँदै उनले लामो समयसम्म विदेशी ऋणमा निर्भर पर्न नहुनेमा जोड दिए। अर्थतन्त्रलाई राम्रो तरिकाले व्यवस्थापन नगरेकाले अहिलेको आर्थिक सङ्कट उत्पन्न भएको उनको भनाइ छ।

प्रकाशित: १८ श्रावण २०७९ १९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App