थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले विश्वासको मत पाएका छन्।
शनिबार संसद्मा भएको मतदानमा उनले दुईसय ५६ मत पाएका थिए भने विपक्षमा दुईसय छ मत खसेको थियो।
अविश्वासको प्रस्तावमा विपक्षी दलले प्रधानमन्त्रीसँगै निशाना बनाएका १० जना मन्त्रिपरिषद्का सदस्यको पद पनि जोगिएको छ।
प्रकाशित: ७ श्रावण २०७९ ०८:०५ शनिबार