२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डुङ्गा दुर्घटनामा मालीका २२ आप्रवासीको निधन

फाइल तस्बिर।

लिबियाको समुद्री तटमा भएका डुङ्गा दुर्घटनाहरुमा मालीका कम्तीमा पनि २२ जना आप्रवासी मृत्यु भइसकेको छ। सो दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुमा तीन जना बालबालिकासमेत रहेका जनाइएको छ।  

उनीहरुको गत जुनको २२ तारिखदेखि आजसम्ममा भएका दुर्घटनामा परेर मृत्यु भएको हो। मालीका आप्रवासीहरु लिबियाबाट फिर्ता गर्ने क्रममा उनीहरुको निधन भएको हो। केही महिना यतादेखि आप्रवासी सम्बन्धी राष्ट्रसङ्घीय निकायको सहयोगमा लिबियामा रहेका मालीका नागरिकहरुलाई स्वदेश फर्काउन थालिएको छ।

यसरी उद्धार गरी मालीका नागरिकलाई स्वदेश पठाउने क्रममा उनीहरु र अन्य देशका पनि कतिपय नागरिकहरुको दुर्घटनामा परेर ज्यान जाने गरेको बताइएको छ। यस क्रममा भएका दुर्घटनाहरुमा उनीहरुको ज्यान जाने गरेको छ। यही सामुन्द्रिक तटमा भएका उद्धारका कार्यमा कम्तीमा पनि ६१ जनाको भने सकुशल उद्धार भएका छन्।

प्रकाशित: २२ असार २०७९ ०८:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App