२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मलेसिया: २४ घन्टामा २ हजार बढीमा कोरोना पुष्टि, पाँच जनाको मृत्यु

मलेसियामा गएको २४ घन्टायता मात्र कम्तीमा पनि २ हजार ३३ जनामा कोरोना संक्रमण भएको बताइएको छ। यहाँ बाहिरबाट आएकामा नभएर देशभित्रै यी संक्रमितहरु भेटिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्।

ती अधिकारीका अनुसार यहाँ गएको २४ घन्टामा मात्र कोरोना भाइरसको संक्रमणबाट पाँच जनाको ज्यान गएको छ। यहाँ अहिलेसम्ममा कोरोना भाइरसको संक्रमणबाट मात्र ३५ हजार ७३० जनाको ज्यान गएको बताइएको छ।

मलेसियाका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिले करिब २५ हजार जनाजति सक्रिय संक्रमितहरु रहेका छन्। तीमध्ये केही व्यक्ति आइसियुमा रहेका बताइएको छ। तर पछिल्ला केही हप्ता यता भने यहाँ कोभिड संक्रमितहरुको संख्या घटेको पाइएको छ।

प्रकाशित: ३ असार २०७९ ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App