३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयासमा लाखौं मानिस घरमै

चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा सोमबार लाखौं मानिस घरमै बसेका छन्। बेइजिङका बासिन्दाहरु चाँडै नै उही कठोर उपायहरूको चपेटामा पर्न सक्ने त्रासमा रहेका बताइएको छ।

हाल सांघाई सहरमा २ करोड ५० लाख व्यक्ति धेरै हप्तासम्म घरमा नै फसेका छन्। अझै पनि सांघाई सहरमा तालाबन्दी तीव्र भएको छ। पूर्वी पावरहाउस सहरले महामारी सुरु भएदेखि नै चीनको सबैभन्दा खराब प्रकोपविरूद्ध आफ्नो लडाई जितेको त्यहाँका अधिकारीहरुले बताएका छन्।

बेइजिङले हालैका हप्ताहरुमा कोरोना संक्रमणका सयौं व्यक्तिहरु भेटिएका छन्। सोमबार बेइजिङ्मा ४५ जना नयाँ कोभिड–१९ संक्रमण पुष्टि भएको छ। यो अपेक्षाकृत सानो संख्या हो। तर प्रतिबन्धहरु हलचल गर्न पर्याप्त भएको बताइन्छ।

चीनमा ओमिक्रोन भेरिएन्टको वृद्धि भएको असर सांघाई शहरमा अत्याधिक रुपमा परेको जनाइएको छ। यस सहरमा कोरोना संक्रमणको कारण ५०० भन्दा बढीको मृत्यु भएको आधिकारीक तथ्याङ्कले जानकारी दिएको छ।

प्रकाशित: २६ वैशाख २०७९ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App