५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनमा युद्धविरामका लागि टर्कीद्वारा पहल

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीबीच फोन वार्ता भएको छ। उनीहरुका बीचमा हाल युक्रेनमा जारी रहेको रुसी आक्रमणका बारेमा कुराकानी भएको टर्कीको विदेश मन्त्रालयले जनाएको छ।

उनीहरुका बीचमा आइतबार अबेरतिर सो फोनवार्ता भएको थियो। खासमा युक्रेन संकटका बारेमा नै उनीहरुबीच कुराकानी केन्द्रित भएको बताइएको छ। युक्रेनको मारिउपुलमा पछिल्ला केही दिनयता रुसले जारी राखेको आक्रमणका कारण ठूलो क्षति पुगेको छ र यहाँका नागरिकहरुलाई उद्धार गर्नुपर्ने अवस्था रहेको छ।

यस विषयमा दुई देशका राष्ट्रपतिबीच कुराकानी भएको बताइएको छ। सो मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार नै टर्कीका राष्ट्रपति एर्दोगानसँग संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेसले पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। गुटर्रेस सोमबार टर्कीको राजधानी अंकारा पुग्दैछन्।

महासचिव गटर्रेसले युक्रेनमा जारी रहेको हिंसात्मक आक्रमणका विषयमा कुराकानी गर्ने बताएको छ। युक्रेनमा युद्धविरामका लागि टर्कीले पहल गर्दै आएको छ। टर्कीकै पहलमा यसअघि पनि रुस र युक्रेनका बीचमा पटक पटक वार्ता पनि भएको छ।

प्रकाशित: १२ वैशाख २०७९ ०७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App