१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते

अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ। घटनामा परी अरु दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।

न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समय अनुसार राती १:४५ मा घटना भएको हो। घटनामा परी १६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई छातीमा गोली लागेको थियो। त्यसैगरी अरु दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ चैत्र २०७८ ०८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App