२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लेबनानमा ४० लाखभन्दा बढी मानिसमा पिउने पानीको अभाव : युनिसेफ

लेबनानमा १० लाख शरणार्थीसहित करिब ४० लाखभन्दा बढी व्यक्तिले सुरक्षित पानीको पहुँच गुमाउने खतरामा रहेको संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले शुक्रबार बताएको छ।

यूनिसेफका अनुसार लेबनान्मा बढ्दो आर्थिक सङ्कट, कोषको अभाव, ईन्धन र क्लोरीन र स्पेयर पार्ट्स जस्ता आपूर्तिको अभावका कारण आगामी चार हप्तामा देशभर बिस्तारै पानी पम्प बन्द हुने जोखिम रहेको छ।

“लेबनानका लागि युनिसेफका प्रतिनिधि युकी मोकुउले भने, “लेबनानको वर्तमान आर्थिक सङ्कटका कारण खानेपानीका उपकरण खरीद प्रक्रिया, मर्मतसुधार, पानीको उचित व्यवस्थापन र वितरण बिद्युतको अभाब र बढ्दो ईन्धन मूल्य लागतको खतराका कारण खानेपानीका स्रोतहरूलाई यथाअवस्थामा राख्न कठिन देखिएको छ। यसले ठूलो जनसङ्ख्या प्रभावित हुनेछ।”

युनिसेफले सार्वजनिक खानेपानी प्रणाली बिग्रिएमा निजी खानेपानी आपूर्तिकर्ताको लागि पानी जम्मा गर्दा महिनामा पानीको लागत २०० प्रतिशतले बढ्नसक्ने बताएको छ।

प्रकाशित: ९ श्रावण २०७८ ००:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App