४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

कारबम बिस्फोटमा परेर अफगानिस्तानमा ५ सैनिक, ४ सर्वसाधारणको मृत्यु

अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा कारबम बिस्फोटमा परेर पाँच सैनिक र चार जना सर्वसाधारणको ज्यान गएको छ।  

प्रान्तीय गभर्नरका प्रवक्ता ओमार ज्वाकले गएराति सैनिक लक्षित आक्रमण भएको जानकारी दिए। मारिएका सर्वसाधारणमा दुई महिला र दुई पुरुष समेतका रहेका छन्।  

अफगानिस्तानमा सक्रिय विद्रोही समूह तालिबान र इस्लामिक स्टेट दुबैले उक्त घटनाका बारेमा केही बताएका छैनन्।  

केही दिनदेखि अफगानिस्तान सरकार र मुख्य विद्रोही तालिबान समूहबीच कतारको राजधानी दोहामा प्रत्यक्ष वार्ता भइरहे पनि अफगानिस्तानमा हिंसात्मक घटना निरन्तर भइरहेका छन्।  

तालिबान समूहले शान्तिवार्तामा अफगान सरकार सहभागी भए पनि तालिबान विरुद्ध सैनिक कारबाही जारी रहेको भन्दै आलोचना गरेको छ।

प्रकाशित: १५ आश्विन २०७७ ०७:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App