२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पपुवा न्युगिनीमा ६.९ म्याग्नीच्युडको भूकम्प

file photo

पपुवा न्युगिनीमा शुक्रबार शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार दिउँसो १२ बजेर ५० मिनेटमा भूकम्प आएको जनाएको छ । राजधानीदेखि १५० किलोमिटर टाढा केन्द्रविन्दु रहेको र ८५ किलोमिटर गहिराइबाट कम्पन भएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्प आएपछि घरभित्र रहेकाहरु दौडिएर घर बाहिर खुल्ला ठाउँमा पुगेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । देशका धेरै ठाउँमा भूकम्पको महसुस गरिएको थियो । अधिकारीहरुले भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त नभएको जनाएका छन् ।

प्रकाशित: २ श्रावण २०७७ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App