८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

वार्ताका लागि तालिबान तयार रहेको विशेष दूतको भनाइ

अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरु शान्ति वार्ताको लागि तयार रहेका अफगानिस्तानका लागि अमेरिकी विषेश दूतले जानकारी दिएका छन्।  

अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जल्मी खलिलजादले आइतबार सो कुराको जानकारी दिएका हुन्।  उनले अफगानिस्तानका तालिबानीहरु त्यहाँ शान्ति ल्याउने कामका लागि आवश्यक परेको समन्वय गर्ने काममा तयार देखिएको बताएका छन्।

अफगानिस्तानमा शान्ति स्थापना हुन सके आर्थिक विकास हुने भन्दै उनले ट्वीट गरेर अफगानिस्तानमा शान्ति ल्याउने कामका लागि यहाँका जनता र तालिबानीहरु तयार रहेका आफूले पाएको बताएका हुन्।  

उनले शान्तिका लागि अफगानिस्तानका नागरिक, यहाँको सरकार र तालिबानीहरु स्वयं तयार नभएसम्म हुदैन भन्दै तर त्यसकालागि उनीहरु तयार रहेको पाइएको बताए। अमेरिकाले अफगानिस्तानका तालिबानहरुसँग शान्तिवार्ता गर्ने पहल गरेको छ। केही महिनाअघि अमेरिकाले तालिबान र अफगानिस्तनको सरकारका प्रतिनिधिसँग पनि वार्ता गरेको थियो।  

कतारको दोहामा सो वार्ता भएको थियो। त्यस वार्ताका क्रममा तालिबानहरुले पनि आफूहरु शान्ति वार्ता गर्न तयार भएको बताएका थिए। आगामी दिनमा पनि तालिबानसँग शान्ति वार्ता गर्ने भएपछि उनीहरुले राखेका शर्त बमोजिम नै अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सैनिक घटाउने काम गरिरहेको बताइएको छ।

प्रकाशित: २२ असार २०७७ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App