८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अफगान राष्ट्रपति तालिबानसँगको दोहा वार्तामा जाने

अफगानिस्तानका राष्ट्रपति असरफ घानी कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार भएको बताइएको छ। उनी दोहा वार्ताका लागि तयार भएको अफगानिस्तानका लागि कतारको विदेश मन्त्रालयका विशेषदूतले जानकारी दिएका छन्।

अफगानिस्तानका राष्ट्रपति घानी सो वार्ताका लागि तयार रहेको जानकारी विशेषदूत मतलक अल क्वातानीले शुक्रबार जानकारी दिएको समाचारमा जनाइएको छ। अफगानिस्तानको राष्ट्रिय मेलमिलापसम्बन्धी उच्चस्तरीय समितिका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहसँगको वार्तापछि उनले उक्त वार्तामा जानका लागि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सहमति जनाएको जानाकरी दिएको विशेषदूत क्वातानीले जानकारी दिएका छन्।  

अमेरिकाले अफगानिस्तानबाट हजारौँ सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति वार्ताका लागि सम्झौता गरेको थियो। गत फेब्रुअरी महिनामा दोहामा भएको सो शान्ति वार्तासम्बन्धी सम्झौतामा अमेरिका, अफगानिस्तान र तालिबानका तर्फबाट हस्ताक्षर भएको थियो।  

त्यस सम्झौतामा यदि तालिबानले आफ्ना प्रतिबद्धताहरू कायम राखे अमेरिका र नेटोका साझेदारहरूले १४ महिनाभित्र आफ्ना सबै फौज अफगानिस्तानबाट फिर्ता गर्ने बताइएको छ। त्यसबमोजिम अमेरिकाले सैनिक फिर्ता गर्ने प्रक्रिया पनि थालिसकेको छ।

चार महिना अघि भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखि अफगानिस्तानमा जारी रहेको द्वन्द्वको अन्त्य हुने अपेक्षा गरिएको छ। उक्त युद्धको अन्त्य गरेर अफगानिस्तान शान्तितर्फ उन्मुख हुने आशा गरिएका समाचारहरु आइरहेका छन्।  

यसअघि अमेरिकाको व्यापक विरोध गर्दै आएको तालिबान संगठनले पनि दोहा सम्झौताबमोजिम वार्ता गर्न स्वीकार गरेको छ। अब तालिबानहरुले अफगान सरकार र अमेरिकासँग पनि संयुक्त रुपमा वार्ता गर्ने उल्लेख छ।

सम्झौतामा हस्ताक्षर हुनुअघि अफगानिस्तानमा करिब एक हप्ता लामो युद्धविराम भएको थियो। उक्त सम्झौताले अफगानिस्तानमा युद्ध अन्त्यका लागि एउटा शक्तिशाली मार्ग प्रशस्त गर्ने सम्भावना रहेको अनुमान गरिएको छ।

प्रकाशित: ३० जेष्ठ २०७७ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App