१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ओडिशामा चक्रवाती आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडाैँ - बांगलको खाडीबाट सुरु भएको फानी चक्रवाती आँधी भारतमा प्रवेश गरेर ओडिशामा ठुलो मनाविय क्षति पु¥याएको छ। ओडिशामा चक्रवाती आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

भारतीय अधिकारीका अनुसार २४० किलोमिटर प्रतिघण्टाको गतीमा आएको यो भीषण चक्रवाती आँधीका कारण शुक्रबार  अत्यधिक वर्षा र आँधीले अधिकांश गाउँमा प्रभावित भएका छन्। आँधी कमजोर भएपछि र पश्चिम बंगालमा प्रवेश गर्नुअघि यसको चपेटमा आएका गाउँका धेरैजसो घरको छत उडेका छन् भने थुप्रै घर पूर्ण रुपमा नष्टसमेत भएका छन्।

ओडिशा राज्यका लगभग १० हजार गाउँ र ५२ शहरी क्षेत्रमा राहत र पुनर्वासको कार्य युद्धस्तरमा चलिरहेको छ । यो आँधीमा करिब एक करोड मानिस प्रभावित भएका छन् । यो चक्रवाती आँधी अत्यधिक शक्तिशाली मानिएको छ । फानी तटीय क्षेत्र पुरीमा शुक्रबार ठोक्किएको थियो । यो पछिल्लो ४३ वर्षमा ओडिशा पुग्ने पहिलो र पछिल्लो १५० वर्षमा आएका तीन शक्तिशाली आँधी मध्ये एक हो । यसअघि सन् १९९९ मा सुपर साइक्लोन आएको थियो जसका कारण १० हजार मानिसको मृत्यु भएको थियो र भीषण क्षती भएको थियो ।

 

प्रकाशित: २२ वैशाख २०७६ ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App